फिल्म ‘परदेशी–२’को सुटिङ सकिएको छ । अमेरिकाको छायाँकनसँगै फिल्म सकिएको निर्देशक नारायण रायमाझीले जानकारी दिए ।
निर्देशक रायमाझी फिल्म छायाँकनका लागि निर्माण युनिटका केही सदस्य सहित गतसाता अमेरिका उडेका थिए ।
अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका विभिन्न स्थानमा फिल्मको छायाँकन भएको उनले बताए ।
दिलिप रायमाझी, अमेरिकन कलाकार तारा लिन्हार्ट, लोक गायक प्रेमराजा महत र प्राज्ञी सुनारलगायतको कलाकारको अभिनय अमेरिकामा खिचिएको हो । बिषयबस्तुले अमेरिका छायाँकन मागेकोले आफुले फिल्म अमेरिकामा खिचेको निर्देशक रायमाझीको भनाई रहेको छ ।
अमेरिका अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको कथा उठाएको फिल्म अमेरिका छायाँकन ब्यवस्था कलाकार दीलिप रायमाझीले मिलाएका थिए ।
काठमाडौं, पोखरा, पाल्पा, चितवन लगायत स्थानको छायाँकन पछि अमेरिका पुगेको यो फिल्मको कथा रमेश विजीले लेखेका हुन् । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतको मुख्य भुमिका रहेको छ । फिल्मको प्रदर्शन मिति २०७८ सालको दशैं घोषणा गरिएको छ ।