काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुनको मूल्य तोलाको ९० हजार एक सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मैगलबार तेजाबी सुनको मूल्य ८९ हजार छ सय ५० रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।