पाल्पामा बालुवाको ढिस्कोमा पुरिँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ। पाल्पाको पूर्वखोला गाउँपालिका- ४ छेबकुनमा रहेको बालुवा खानीमा शनिबार साँझ बालुवा निकाल्ने क्रममा अचानक ढिस्को खसेर उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ।
घटनामा स्थानीय १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बालुवाको ढिस्कोमा पुरिएकी बालिकाको घटनास्थमै र सिंहको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।