काठमाडौं । नेपाल सरकारले चीनलाई दुर्लभ एक सिंगे गैंडाको जोडी आज हस्तान्तरण गरेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई आज एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गर्नुभएको हो । यसले चीन र नेपालबीचको सम्बन्धमा थप प्रगाढता आउने विश्वास लिईएको छ ।
विगतमा भएका निर्णय र सम्झौताअनुसार नेपाल सरकारले आज चिन सरकारलाई एक जोडीे गैडा हस्तान्तरण गरेको छ । गैडा हस्तान्तरण कार्यलाई प्रभावकारी बनाउनको लागी नेपाल र चीनबीच पटक पटक छलफल समेत भएका थिए । गौडाको उचित बासस्थान र हावापानीको अध्ययनपछि चीनलाई नेपाल सरकारले गैडा हस्तान्तरण गरेको हो । प्रधानमन्त्री केपी ओलीले गैंडा उपहारले दुई देशबीचको मित्रतालाई विस्तार गर्न सहयोग पुग्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘मित्रता जसलाई अहिलेको समयअनुसार सुदृढ र व्यापक बनाउनु पर्छ । मित्रताका विभिन्न क्षेत्रहरुलाई अगाडि बढाउनुपर्छ ।
बिभिन्न प्रकारका आदानप्रदानहरु हुनुपर्छ । उच्च स्तरमा आदानप्रदान हुनुपर्छ हामीले भनेका थियौँ । एउटा महत्पुर्ण आदानप्रदान यो पनि हो । जसले हाम्रा दुई देशबिचको मित्रतालाई अझ मानविय क्षेत्रमा मात्र हाईन, यो भन्दा बाहीर जैविक क्षेत्रमा समेत विस्तार गरेको छ ।’
उहाँले आपसी भेटघाट आदान प्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताउदै दुई देशबीचको ऐतिहासिक सम्बन्धको समेत ब्याख्या गर्नुभएको थियो । भृकुटी र अरनिकोबाट शुरु भएको नेपाल–चीनबीचको सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओली बताउनुहुन्छ ।
‘अब हामीले भृकुटी पनि दिएकै हौँ । अहिले त रुपसिका साथमा भद्र पनि पठाएका छौँ । त्यतिकै नभएर नेपालबाट अरनिको उतै गएका थिए । यसपटक हामीले रुप्सी पनि पठाएका छौँ ।’ उहाँ भन्नुहुन्छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गैंडा हस्तान्तरण कार्यको बहुआयामिक महत्वको भएको बताउँदै आगामी दिनमा नेपालको पहिचानको चर्चा विश्व माझ अझ बढ्ने धारणा राख्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ ‘अब रुपसी र भद्रलाई हामीले औपचारिक रुपमा हस्तान्तरण गरेका छौँ । दुई देशबिचको सम्बन्धलाई सुदिृढ गर्ने दृष्टिले, जैविक विविधताको संरक्षण र सहकार्यका दृष्टिले, हाम्रो खोज र प्रयोगहरुमा गर्ने सहकार्यको दृष्टिले र नेपाली पहिचान र परिचयलाई अझ विस्तार गर्ने दृष्टिले यो महत्वपुर्ण सन्दर्भ हो । महत्वपुर्ण पक्ष हो ।’
गैंडा उपहार चीन सरकारका लागि विशेष उपहार भएको चीनियाँ पक्षको बुझाई छ ।
नेपालले उपहारमा दिएको गैंैडा उचित वातावरणमा हुर्काउने बताउनुहुन्छ नेपालकालागि चिनियाँ राजदूत यु होङ । उहाँ भन्नुहुन्छ, ‘आज एक सिँगे गैडा विशेष उपहारको रुपमा नेपालले चिनलाई दिएकोमा हामी खुशी भएका छौँ । यसलाई हामीले राम्रो र उचित वातावरणमा अवश्य हुर्काउने छौँ ।’
संघिय संसदको निर्वाचनसंगै मुलुकले विकास र समृद्धिको नारा अघि सारेको छ । र दुवै देशका छिमेकीसंग सम्बन्धलाई अझ प्रगाढ बनाउने कोशिश गरेको छ । छिमेकी राष्ट्रको सहयोग र सद्भावबिना देशले निर्धारण गरेको विकास र समृद्धिको उद्धेश्य पुरा नहुने बिषयमा बर्तमान सरकार समेत जानकार छ ।
चीनलाई हस्तान्तरण गरिएको गैडालाई छिमेकीसंगको सम्बन्ध विस्तारको सरकारी प्रयासको रुपमा बुझ्न आवश्यक छ ।