अमेरिकाले सबै ५० वटै राज्यमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सबै राज्यहरुमा सुरक्षा सतर्कता उच्च बनाइएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बाइडेनको सपठ्ठ समारोहलाई लक्षित गर्दै सबै राज्यका संसदमा आक्रमण गर्न सक्ने ठान्दै सुरक्षा सतर्कता उच्च पारिएको हो ।
यसअघि ट्रम्पका समर्थकले अमेरिकाको संघीय संसद भवन क्यापिटल हिलममा आक्रमण गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।अमेरिकाका सबै सरोकारित निकायले नोभेम्बरमा भएको चुनावमा जो बाइडेनले जितेको प्रमाणित गरे पनि बहालवाला राष्ट्रपति ट्रम्पका समर्थकले त्यसलाई स्वीकारेका छैनन् ।