काठमाडौं । काठमाण्डौको चन्द्रागिरी नगरपालिकाले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, इन्टरनेट केबल तारहरु, ब्यानर, पोष्टरलगायत सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।
नगरपालिकासँग अनुमति नै नलिएर कलंकी–नागढुंगा–पिपलामोड राजमार्गमा टेलिफोन, केबल र इन्टरनेटका तार, ब्यानर पोष्टरहरु जथाभाबी टाँसेको पाएइकाले सात दिनभित्र हटाउन निर्देशन दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ ।
सात दिनभित्र नहटाए नगरपालिका आफैँले हटाउने र हटाउँदा लाग्ने सबै खर्च सम्बन्धित संस्था या व्यक्तिबाट असुल गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाले कलंकी–नागढुंगा–पिपलामोड राजमार्गमा टेलिफोन, केबल र इन्टरनेटका तारहरु हटाउन, ब्यानर र पोष्टर हटाउन, रंग लगाउन इच्छुक व्यक्ति अथवा संघसंस्थाले अबको सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
काम गर्न चाहनेले फर्मरकम्पनी दर्ताको प्रमाणपत्र, नवीकरण, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०७६र७७ को करचुक्ता प्रमाणपत्रलगायतका कागजात पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाले यो सडकखण्डमा सरसफाई कार्यक्रम संचालन गर्न पनि प्रस्ताव आह्वान गरेको छ ।