काठमाडौँ - जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिका बीच भगिनी सम्बन्ध जोडीएको छ ।
जुम्लामा भएको औपचारीक कार्यक्रममा काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेको काठमाडौ महानगरपालीकाले जनाएको छ ।
भगिनि संवन्ध स्थापना सम्वन्धी कार्यक्रमका लागि जुम्ला पुगेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की सहित आठ जनाको टोलीले जुम्लाने काठमाडौका बीचमा हुनसक्ने सांस्कृतिक आदान प्रदान सम्वन्धी विषयको समेत अध्यन गर्नेछ ।
समझदारीपत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख शाक्यले दुई नगर क्षेत्र भित्रका संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास एवं प्रचार प्रसारमा सहकार्य हुनसक्ने प्रष्ट पार्नुभयो ।
मेयर शाक्यले प्रकृति र पर्यावरणको समुचित सन्तुलन बिना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने भन्दै आपसी सहकार्य सञ्चालनका लागि साझेदारी गर्न भगिनी सम्बन्ध स्थापना गरिएको जानकारी दिनुभयो ।
भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडीबुटी, स्याउ, सिमी, ओखर लगायतका प्रांगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदि विषयमा पनि सहकार्य हुनेछ ।।