काठमाडौँ पार्टी विभाजनको संघारमा पुगेपछि सत्तारुढ नेकपाको केपी ओली समूहले देशभर कार्यकर्ता प्रशिक्षण तालिका सार्वजनीक गरेको छ । प्रशिक्षणका लागि ओली समूहले ७ वटै प्रदेशमा खटिने नेताको नाम सार्वजनीक गरेको हो ।
ओली समूहको प्रवक्ता बन्नुभएका प्रदीप ज्ञवालीका अनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ । यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य लाई प्रशिक्षक तोकीएको छ ।
लुम्बिनी प्रदेशमा प्रशिक्षणका लागि विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई जिम्मेवारी तोकिएको छ ।
यस्तै गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो र प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेलाई जिम्मेवारी दिइएको छ ।