बलिउडका यस वर्षका सर्वा्धिक धनी १०० जना सेलिब्रेटीहरुको सूची फोर्ब्स इण्डिया म्यागेजिनले सार्वजनिक गरेको छ । सुचीको पहिलो नम्बरमा बलिउडका सुत्तान ५२ वर्षीया सलमान खान परेका छन् । उनको यस वर्षको कमाई २५३.२५ करोड भारतीय रुपैयाँका रहेको छ । सलमान खानले उनका यस वर्ष रिलिज भएका फिल्म ‘टाइगर जिन्दा हे’ र ‘रेस ३’ को बक्सअफिस कलेक्सनका साथै टेलिभिजन कार्यक्रम र एण्डोर्समेन्टका माध्यमबाट कमाई गरेका हुन् ।
यसै अनुसार सलमान खान लगातार ३ वर्षदेखि बलिउडका सबैभन्दा धनी अभिनेताको लिष्टमा पहिलो स्थानमा रहिरहेका छन् । यसका साथै दोस्रो स्थानमा क्रिकेटर विराट कोहली परेका छन् । विराट कोहलीको यस वर्षको कमाई २२८ करोड भारतीय रुपैयाँ रहेको छ ।
तेस्रो स्थानमा अभिनेता अक्षय कुमारको नाम रहेको छ । एक वर्षमै धेरै फिल्ममा काम गर्नै अक्षयले यस वर्ष १८५ करोड रुपैयाँ कमाएका छन् । सार्वा्धिक धनी सेलिब्रेटीको लिष्टका आमिर खान छैठौं, अमिताभ बच्चन सातौं र अभिनेता रणवीर सिंह आठौं स्थानमा परेका छन ।
गएको वर्षदेखि कुनैपनि फिल्ममा नदेखिएका अभिनेता शाहरुख खानको नाम भने १३ औं स्थानमा परेको छ । शाहरुख खानको यस वर्षको कमाई ५६ करोड रहेको छ ।
दीपिका पादुकोण अभिनेत्रीहरुमध्ये सर्वा्धिक धनी
अभिनेत्री दीपिका पादुकोण भारतका धनी कलाकारहरुको सूचीमा ११२.८ करोड रुपैयाँ आम्दानी गर्दै समग्रमा चौथो स्थानमा परेकी छिन् । दीपिकाले भर्खरै अभिनेता रणवीर सिंंहसँग विवाह गरेकी छिन् ।
दीपिकाले पति रणवीर सिंहलाई समेत पछि पारेकी छिन् भने अभिनेत्रीहरुमध्ये भारतकी सर्वा्धिक धनी अभिनेत्री बन्न सफल भएकी छिन् ।
दीपिका र प्रियंकाले सँगसँगै हलिउड फिल्ममा पनि काम गरेकाले यि दुवैको तुलना भइरहन्छ । तर यस वर्ष भने दीपिकाले प्रियंकालाई पछि पारेकी छिन् । यस वर्ष प्रियंकाको कमाई जम्मा १८ करोड रहेको बताइएको छ भने उनी ४९ औं स्थानमा परेकी छिन् । यस्तै यस लिष्टमा अभिनेत्री आलिया भट्ट, अनुष्का शर्मा, कट्रिना केफको नामसमेत रहेको छ ।