सुरज भुसाल
काठमाडौं । एशियन गेम्स हेर्दा नेपालले पदक जित्न निकै मुस्किल देखियो । नेपाली खेलकुद र नेपालकालागि निकै दुखको बिषयमा हो । यसमा खेलाडी र खेलकुद जगतमा मानिसले बुझेको जस्तो लागेन ।
मेरो अनुभवनमा नेपाली खेलकुदको साह्रै अपेहेलित विधा ‘मेडिकल’ हो । मैले सधै भन्ने गरेको छु, खेलकुदमा जहिल्यै तीनवटा ‘एल’को महत्व हुन्छ ।
एक, मेडिकल ।
दोस्रो, फिजिकल ।
तेस्रो, टेक्निकल ।
जब कुनै खेलाडी मेडिकल रुपमा फिट हुदैन, त्यसले कसरी नतिजा दिन सक्छ ।
मैले खेलकुद जगतमा कहिपनि यसलाई भेटिन । त्यसको भागेदार मपनि हो । मैले परिवर्तन ल्याउन सकिन होला तर खेलकुदमा मेडिकल विधा देखेको छैन ।
हरेक खेल अगाडी प्रि मेडिकल चेकअप हुन्छ ।
कुनैपनि खेलाडी मेडिकल्ली ठिक छ वा छैन भन्ने बिषयमा चेकअप गरेको देखिदैन । तर त्यो आवश्यक छ ।
खेलाडी मेडिकल्ली रुपमा फिट हुन आवश्यक छ तर त्यसलाई वेवास्ता गरिएको छ । यदी कुनै खेलाडी मेडिकल रुपमा फिट छैन भने त्यसले कसरी पदक ल्याउन सक्छ । कसरी प्रर्दशन राम्रो गर्न सक्छ ?
फिजियोको रुपमा मैले धेरै लामो समय फुटबलमा काम गरे । तर यहाँ एउटा पुर्नस्थापना केन्द्र समेत छैन । एउटा खेलाडी घाईते भयो भने लामो समय मैदान बाहिर बस्छ । त्यो खेलाडीलाई सामान्य मेडिकल सेवा सुविधा समेत छैन । यस्ता कुरा निकै महत्वपुर्ण हुन्छन् । यसले खेलाडीको मनोबलदेखि प्रर्दशनलाई निकै असर गर्छ । त्यसैले मेडिकल विधा निकै महत्वपुर्ण हुन्छ, हरेक खेलकुदकालागि ।
राष्ट्रिय खेलकुद परिषद राखेपले समेत मेडिकलकालागि सानो विभाग गठन गरे जस्तो लाग्छ । तर त्यो बैज्ञानिक छैन, पर्याप्त छैन । यसमा हरेक सम्बन्धित निकायले बिशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
मुख्य कुरा मेडिकल निकै महत्वपुर्ण छ, यसलाई सम्पुर्णले महत्वकासाथ हेर्नपर्छ । राखेपमा समेत एउटा मेडिकल रिसर्च सेन्टर छ, जो निकै पुरानो अवस्थामा छ । संसारमा नयाँ नयाँ प्रविधि र उपचार तरिकाको विकाश भईसकेको छ ।
पछिल्लो ओलम्पिक गेम्समा समेत कपिङ् थेरापीले पौडीवाज र एथ्लेटिक्समा निकै ठुलो परिवर्तन ल्याएको निष्कर्श निस्कियो ।
उनीहरुको प्रर्दशनमा परिवर्तन आएको छ । त्यसप्रकारको अनुसन्धान नेपालमा हुनपर्छ । यस्तो खालका अनुसन्धानबाट विदशी खेलाडीले लाभ पाईरहेका छन् । तर नेपाली खेलाडीले पाउने कहिले ?
मेडिकल जस्तो बिषयमा सानो कुराबाट परिवर्तन आवश्यक छ । नेपाल जस्तो गरिब मुलुकमा ठुलो अपेक्षा रहदैन तर सामान्य कुरा ल्याउन सकिन्छ । कम्तिमा डाक्टर वा फिजियो त अनिवार्य गर्ने हो कि ?
खुसीको कुरा, मैले बिगत ४ बर्षबाट राष्ट्रिय फुटबल टिममा टे«नरको अवाश्यक छ भनिरहेको थिए । किनभने फिटनेसको कुरा टे«नरले हेर्ने हो । डाक्टर र फिजियोको क्षेत्रभित्र त्यो पर्दैन । अहिले फुटबल टोलीमा बिक्रम अधिकारी ट्रेनरको रुपमा हुनु हुन्छ, त्यो राम्रो कुरा हो । अहिले भर्खर जीपीएसको प्रयोग भईरहेको छ ।
यसले कालान्तरमा निकै राम्रो नतिजा दिन्छ । भर्खरै प्रयोगमा ल्याएको नयाँ प्रविधिले तत्काल परिणाम नदिन सक्छ । तर कालान्तरमा यसले नतिजा दिन्छ ।
अर्को दुखको कुरा हामीसंग पुर्नस्थापना केन्द्रहरु छैनन् । बिशेष फुटबल खेलाडीकालागि । प्राय खेलाडी घाईते हुन्छ, बाहिरिन्छ । खेलाडी घाईते भएर लामो समय मैदान बाहिरिनुलाई मैले राम्रो कारण मान्दिन ।
रविन श्रेष्ठ अहिले मैदान बाहिर छ । भोली अर्को खेलाडी चोटले बाहिरिन्छ । तर राम्रो खेलाडी बाहिरिदा टोलीमा कस्तो असर गर्छ भन्ने कुरा अहिले देखिन्छ ।
हामीले खेलाडी घाईते भएपछि टोली बाहिर नराख्नलाई उपाय खोज्न पर्छ । फगत फिजियोमात्र राखेर हुदैन । त्यही अनुसारको सामान आवश्यक छ । त्यस प्रकारको पुर्वाधार निमार्णमा हामीले ध्यान दिनपर्छ ।
त्यसैले मेडिकल विधालाई समेत विभिन्न सरोकारवाला निकायले ध्यान दिएर अघि बढाउन आवश्यक छ । जसरी हामी राम्रो मैदानको खोजीमा छौ, खेलाडीको खोजीमा छौ । त्यसरीनै खेलकुद क्षेत्रले यसमा बिशेष ध्यान पुर्राउन अवाश्यक छ ।
भुुसालले राष्ट्रिय फुटबल टिममा फिजियोको रुपमा काम गरे थिए ।