इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो । जसमा संसारभरिका कम्प्युटरसँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचनाहरू आदान प्रदान गर्न सक्छन । सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ ।
शुरुका दिनहरूमा इन्टरनेट सेवा पुरानो टेलिफोन र भू–उपग्रह प्रविधि मार्फत उपलब्ध थियो । इन्टरनेट सेवा एक विशेष तर सानो आकारबाट शुरु भएर हाल सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा अभिन्न पक्षहको रूपमा प्रयोग हुदैछ । इन्टरनेट एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ । कतिपय देशमा इन्टनेट सेवालाइ मानवअधिकारकै रूपमा लिइन्छ ।
ईन्टरनेटको सुरुवात
इन्टरनेटको आविस्कार सन् १९५० को दशकमा भएको हो । जब कम्प्युटर नेटवर्क प्रणालीको आविस्कार भयो । सन् १९८२ मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको जन्म भएको हो । बिगतमा इन्टरनेटलाई ARPANET (Advanced Research Projects Agency Network) भनिन्थ्यो । जसको संजाल सुरुमा केवल चारवटा विश्वविद्यालयमा सिमित थियो । युसिलए, युसियसबि, स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट् र युताह विश्वविद्यालयमा मात्र ईन्टरनेटको सञ्जाल रहेको थियो ।
सित युद्धकालिन परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि इन्टरनेट संजालको परिकल्पना गरिएको थियो । बिगतमा इन्टरनेट केवल बैज्ञानिक, ईन्जिनियर, प्राध्यापकहरूमा मात्र सिमित थियो । इन्टरनेटको पुर्ण व्यावसायिकरण सन् १९९५ मा आएर मात्र भएको हो ।
सञ्जाल कसरि चल्छ ?
कुनै पनि सञ्जाल चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । प्रोटोकोल भन्नाले एउटा कम्प्युटर देखि अर्को कम्प्युटर सम्म जस्ताको तस्तै सूचना हरु पठाउनको लागि दुवै तिर के(कस्तो प्रक्रिया गर्नु पर्ने हुन्छ सो को सिलसिलेवार प्रारूप हो । इन्टरनेटको यस्तो प्रारूप एक खुल्ला प्राविधिक मापदण्ड मा आधारित भएको र कसैको प्रतिलिपि अधिकारमा नपारिएकोले इन्टरनेट सम्बन्धि उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गर्न र प्रयोग गर्न सक्छन् ।
यसले गर्दा जोसुकैले बनाएको भए पनि इन्टरनेटको लागि बनेका उपकरण तथा प्रोग्रामहरु बिना कुनै कठिनाइ चल्ने गर्दछन् । यसले गर्दा पनि इन्टरनेटको व्यापक विकास र विस्तार सम्भव भएको छ । सञ्जाल चलाउनलाई बिभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग हुन्छ जस्तै राउटर, स्विच, इथर्नेट कार्ड आदि चाहिन्छ ।
इन्टरनेटमा एकले अर्को लाई कसरि चिन्छ वा छुट्टयाउँछ ?
सञ्जालमा एकले अर्कोलाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग हुन्छ । सञ्जालमा रहेका हरेक कम्प्युटरको आ–आफ्नो अद्वितिय आइपि ठेगाना हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमंजुषा नम्बर आदि जस्तै इन्टरनेटको यो आइपि ठेगाना पनि एउटा कम्प्युटरिक्रित संख्या हो । जसमा ३२ वटा दुइमलाव (बाइनरि) अंक रहन्छन् । यसलाई आइपी संस्करण ४ पनि भनिन्छ । बढ्दो नेटवर्क संजाल र अद्वितिय ठेगाना दिनुपर्ने उपकरणको बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्धतिबाट मात्र सवैलाई ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छन् । यसवाट प्रशस्त ठेगानाहरु प्राप्त हुन्छन् ।