नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित कुम्भकार समुदायमा यतिखेर माटोको भाँडा बनाउन व्यस्त भएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा–२ स्थित रहेका कुम्भकारहरु कोही माटो मुछ्ने त कोहि माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । उनीहरुका उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहज उपलब्ध गराउने ।
सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकारले स्थानीयवासीको चाडपर्वलाई सहज बनाउने उद्देश्यल माटोकोभाँडा बनाउने काममा व्यस्त बनेको स्थानीयवासी श्रीप्रसाद पण्डितले बताए ।
कुम्भकार समुदायले दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहित विभिन्न किसिमका भाँडाकँुडा बनाउने काममा व्यस्त बनेको पाइएको छ ।
भाडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जोहो गर्ने गरेको छ । एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।
नजीकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ । दिपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलशालगायत सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ ।