काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ ।
दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित हुनु भएको छ । बैठक अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसिरहेको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा भने बैठकमा सहभागी हुनु भएको छैन् । पार्टी केन्द्रीय कार्यालयबाट दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबाहेक सचिवालयका ७ जनालाई बैठकका विषयमा सन्देश पठाइए पनि अध्यक्ष ओलीसहित चार सचिवालयका नेता बैठकमा उपस्थित हुनु भएको छैन् ।
कोभिड(१९ को उपचार निःशुल्क गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोगको उपचार सबैलाई निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाइएको थियो । समितिले मन्त्रालयका सचिवलाई निर्देशन दिँदै कोभिड–१९ को उपचार निःशुल्क गर्न निर्देशन दिएको हो ।
जवाफमा मन्त्रालयका सचिवले कोभिड–१९ रोगको उपचार निःशुल्क गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान लागेको जानकारी दिएका थिए । हिजो मात्रै सर्वोच्च अदालतले कोभिड–१९ को उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै परेको निवेदन खारेज गरिदिएको थियो ।
सर्वोच्चले यसअघि नै सरकारका नाममा सबैलाई कोभिड–१९ को निःशुल्क उपचार गर्न भन्दै परमादेश जारी गरेको थियो ।