काठमाडौं । सत्तारुढ दल नेकपा भित्र पार्टी अध्यक्षद्धय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विच मतभेद वढेको छ । झण्डै एघार दिन पछि ओली र प्रचण्ड विच भेटवार्ता भएपनि पार्टी भित्रको आन्तरिक विवाद सुल्झाउने बिषयमा कुनै सहमती हुन सकेन ।
अध्यक्षद्धय विच मतभेद वढ्दै जादा दुवै अध्यक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई आ–आफ्नो पक्षमा राख्ने प्रयत्न गरेका छन् । उनीहरुले आफ्नो पक्षमा राख्न नेपाललाई पार्टी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने कि तत्काल प्रधानमन्त्री बन्ने प्रस्ताव गरेका छन् ।
अध्यक्ष प्रचण्डसंग झण्डै एघार दिन भेटवार्ता नहुदा अर्का पार्टी अध्यक्ष ओलीले माधब नेपाल संग छुट्टाछुट्टै दुई पटक भेट गरे । भेटमा ओली मिलेर जान प्रस्ताव गर्नुका साथै पार्टीको महाधिवेशनबाट पार्टी अध्यक्ष वनाउने प्रस्ताव गरेका थिए ।
तर नेता नेपालले ओलीको प्रस्तावलाई अस्विकार गर्दै पार्टीको विधि प्रक्रिया अनुसार हिड्न सुझाब दिएका थिए । पछिल्लो समय सरकारका कामलाई सहयोग नगरेको र घेराबन्दी गर्ने प्रयास गरेको भन्दै ओली प्रचण्डसंग असन्तुष्ट छन् ।
अर्को तर्फ प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली, पार्टीको विधि प्रक्रिया अनुसार अघि नवढेको, जनअपेक्षा अनुसार सरकारले कामगर्न नसकेको , राजनीतिक नियुक्ती तथा मन्त्रीमण्डल हेरफेरमा सहमती विपरित हिडेको र राष्ट्रिय स्वाधिनतालाई कम्जोर वनाउने गरी कुटनीतिक मुल्य मान्यता विपरित भारतीय र प्रमुखलाई भेटगरेको भन्दै प्रचण्ड र नेपाल एक ठाँउमा छन् ।
प्रचण्ड नेपाललाई सचिवाय सदस्य झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतमले समर्थन जनाउदै आएका छन् । प्रधानमन्त्री ओलीसंग भेटगर्न जानु अघि प्राय प्रचण्डले बरिष्ठ नेता नेपालसंग भेटवार्ता गर्ने गरेका छन् ।
नेपालसंगको भेटमा अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने र सरकारको नेतृत्व लिन वरिष्ठ नेता नेपाललाई प्रस्ताव गर्दै आएकाछन् । अध्यक्षद्धय ओली र दाहालको छुट्टाछुट्टै प्रस्ताव आउदा पछिल्लो समय पार्टी भित्रको विवाद समाधान तथा समिकरण परिवर्तनमा नेपाल निर्णायक देखिएका छन् ।
वरिष्ठ नेता नेपालले ओलीलाई समर्थन गरे पार्टी कमिटिमा प्रचण्ड अल्पमतमा र प्रचण्डलाई समर्थ गरे ओली अल्पमतमा गर्ने देखिन्छ ।
ओलीले नेपाललाई आफ्नो पक्षमा लिन खोजे तापनि पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने नेपालको सदाशयता भने दाहालतिरै देखिन्छ ।