विश्व ‘अटिजम’ जागरूकता दिवस हरेक वर्षको २ तारिकमा विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।
नेपालमा अटिजम भएका मानिसको एकिन संख्या छैन् । मुख्यगरि बालबालिकाको स्नायु प्रणालीमा हुने विकासक्रम रोकिदा अटिजिमको संख्या बढ्दो छ । अध्ययन अनुसार अटिजमको कुनै उपचार नभएपनि यस्ता वालबालिका तथा मानिसहरुमा उनिहरुकै अनुकुल वातावरण बनाउनु अभिभाकत्व हुने विज्ञहरु सुझाउछन् ।
तर, सामाजिक मुल्यमान्यता, साँघुरो शोच तथा समाजमा प्रतिष्ठा गुम्ने डरले वालबालिकाको अबस्थामाका बारेमा खुलेर बोल्न नसक्दा यस्ता समस्या भोगिरहेका बालबालिकाले उचित स्याहार पाउन सकेका छैनन् । त्यसैले अटिजमको समस्या बढ्दै जादा जनचेतना अभिवृद्धि मुख्य चुनौती बनिरहेको छ ।
अटिजम जन्मजात हुने समस्या हो । स्नायु प्रणालीको विकासक्रममा हुने एक प्रकारको विकार मानिन्छ । आफ्ना बालबालिकामा आइरहेको परिवर्तनलाई समय मै नियाल्न सके उनिहरुको जिवन शैली परिवर्तन गर्न सकिन्छ तर, कतिपय अबस्थामा समाजिक अपहेलनाको डरले आफ्ना बालबालिकाको अवस्थामा स्वास्थ्यसंस्था सम्म पहिचानकालागि लैजाने गरेका हुँदैनन् ।
लामो समय अटिजम बालिबालिकाको विकासमा काम गर्दै आइरहेकी मनोचिकित्स रेजिया गुरुङ परिवारले समयमै पहिचान गरे वालबालिकाको दैनिकी सहज बनाउन सकिने बताउनछीन् ।
अटिजम बालबालिकाको अबस्थाका विषयमा काम गर्ने संस्था अटिजम केयर नेपाल सोसाइटीका निर्देशक सुरेन्द्र बज्राचार्य पनि अभिभावकले तत्काल बालबालिकाको अबस्थामा पहिचान गर्न सके थप सहज हुने बताउँछन् । मुख्यगरि अटिजम भएमा व्यक्तिहरुमा सञ्चार, सामाजिक अन्तरक्रियामा कठिनाई हुने गर्छ ।
एकोहोरो हुने र एउटै कामलाई पटक पटक दोह्याई जस्ता क्रियाकलाप हुन्छन् । यसको उपचार पद्धती उनिहरुलाई सुहाउदो वातावरण निर्माण गर्नु हो । उचित वातावरणनै उनिहरुको उपचार हो । तर, कति पय अभिभावकले यस्ता वदलापलाई नजरअन्दाज गर्दैनन् । आफ्ना वालबालिकाको वदलापलाई खुलेर आपश्यक परामर्श पनि लिने गरेको देखिदैन । जसले गर्दा अटिजमको समस्या नेपालमा थप जटिल बन्दै बन्दै गइरहेको भन्छन् निर्देशक बज्राचार्य ।
अटिजम रोग होइन, यो एउटा अवस्था हो । कतिपय अभिभावक अटिजमको लक्ष्यणमै अन्यौल हुँदा समस्या जटिल हुने गरेको विज्ञहरु बताउदै आइरहेका छन् । मुख्यगरि आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने, असान्दर्भिक हँसाइ तथा रुवाई, आँखामा आँखा जुदाउँन नसक्ने, घाउचोट तथा दुःखाइप्रति वास्ता नगर्ने, एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने यस्ता धेरै लक्षण छन् । जसले सहजै बालबालिकाको अटिजम अवस्था पहिचान हुन्छ ।
अटिजमका लक्षण जीवनको प्रारम्भिक चरणबाट सुरु हुन्छ र स्पष्ट लक्षण १८ महिनादेखि तीन वर्षको उमेरमा देखिने चिकित्सकिय अध्ययनले देखाउँदै आएको छ । अटिजमले बढ्दो बच्चाको दैनिक जीवनलाई असर गर्न सक्छ । यसले मस्तिष्कको उचित विकासमा बाधा पुर्याउछ । त्यसैले उनिहरु सहजै घुलमिल हुन सक्ने थेरापि नै उपचार मानिन्दै आएको छ ।
त्यसमा म्यूजिक थेरापी पनि एक मानिन्छ । जसले अटिजम भएका बालबालिको दैनिकीलाई सहज बनाउने भन्छन् म्यूजिक थेरापिष्ट केदार गान्धारी । अमेरिकाको एक संस्था ‘सेन्टर फर डिजिज कन्ट्रोल’को अध्ययनअनुसार जन्मेको ५९ जना शिशुमध्ये एक जनामा अटिजमको अबस्थामा हुने गरेको छ । विश्वको एकदेखि दुई प्रतिशत मानिसमा अटिजम भएको अनुमान सो अध्ययनले गरेको छ । तर, नेपालमा अटिजम भएका मानिस बालबालिकाको एकिन तथ्यांक नै छैन ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ हेर्दा नेपालमा दुईदेखि साढे दुई लाख मानिसमा अटिजम हुनसक्ने अनुमान छ । तर यो नै एकिन तथ्याङक भने होइन । यसकालागि सरकारले अटिजमको पहिचान र रोकथामकालागि कार्यसमिति बनाइँ काम गरिरहेको भन्छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी ।
मस्तिष्क र स्नायू कोषको स्वभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप अटिजम नेपालमा पछिल्लो समय बढ्दो छ । यसको समयमै पहिचान नहुँदा कयौं नानीबाबुहरुले उचित स्याहार पाइरहेका छैन् । शिक्षित अभिभावले यसको पहिचान गर्न सकेपनि दुरदराजका अभिभावकहरु भने, बर्र्षाैदेखि यस्ता समस्यामा पिल्सीरहेका छन् ।
यहि कारण अटिमज हुन्छ भन्ने, कुनै विषय नभएपनि वातावरणीय र आनुवंशिक कारकको संयोजन हुनसक्ने अध्ययनहरुले देखाइरहेका छन् । त्यसैले यसको रोकथामको मुख्य उपाय सचेतना अभिवृद्धि नै हो भने, बालबालिकाको अबस्था पहिचानमा अभिभावको दायित्व ।
सन्तोष गन्धर्व\समाचार प्रमुख