पछिल्लो समय उच्च शिक्षाकालागि विदेश जाने विद्यार्थीको संख्या बढ्दो छ । विदेश पढ्न जानेको संख्या बढ्दै गर्दा देशबाट ठुलो रकम बाहिरिरहेको छ । त्यो भन्दा पनि ठुलो विषय अहिले विदेशमा अध्ययन गर्नेको विद्यार्थीको भविश्य सँगै जिउज्यान जोखिम बढ्दै गइरहेको छ ।
एक साताअघि ट्रम्प प्रशासनको कारण अमेरिकामा रहेका नेपाली विद्यार्थीहरु रोजगार विहिन भए । भोकसँगै लडिरहेका विद्यार्थीलाई त्यहाँका नेपालीहरुले खाद्यन्न सहयोग गर्ने समाचार बाहिरिदै गर्दा शनिवार भारतको ओडिसा स्थीत केआइआइटी कलेजले सयौं नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबरजस्ती निस्काशन गर्यो ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युप्रकरणमा न्यायको माग गरिरहेका विद्यार्थीलाई नै कलेज प्रशासनले स्थानीय प्रहरी लगाएर लाठ्ठि चार्ज गर्यो । जबरजस्ती कलेज भ्यानमा राखेर मध्यरातमा सडकमा ल्याएर छोड्यो । यि दुई घटना प्रतिनिधिमात्रै हुन । हरेक वर्ष जस्तो उच्च शिक्षाकालागि विदेशका टिकट लिने विद्यार्थीहरुले यस्तै सामना गरिरहनु परेको छ ।
यसको जिम्मेवार को ? देशको शिक्षा सेवा मुलकभन्दा पनि व्यवसायीक बन्दा अहिलेपनि सयौं विद्यार्थी कफनमा फर्किन बाध्य भएका छन् । विद्यार्थी हक अधिकारकालागि काम गर्ने विद्यार्थी संगठनले देशैमा गुणस्तर शिक्षाकालागि खबरदारी गर्नु पर्दैन ? भन्ने सवाल आजपनि उठिरहेको छ ।
उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीले १० वर्षमा ६ लाख ३९ हजार १ सय ४८ वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । आर्थिक वर्षको साउनदेखि माघ ४ गतेसम्मको विवरण अनुसार ४३ हजार ८ सय ५५ जनाले विदेश पढ्न जान एनओसी लिएका छन् । शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्याङ अनुसार आर्थिक वर्ष गत आर्थिक वर्ष २०८०÷८१ मा १ लाख १२ हजार ९ सय ६८ एनओसी लिएका छन् ।
२०७९\०८० मा १ लाख १० हजार २ सय १७ जनाले एनओसी अर्थात विदेश पढ्न जानकालागि अनुमती लिएका छन् । त्यस्तै, ०७८/०७९ मा १ लाख १२ हजार ९ सय ६८, ०७७/०७८ मा २८ हजार ८ सय ८३, ०७६\०७७ मा ३३ हजार १ सय ९६ जनाले एनओसी लिएको तथ्याङक छ । त्यस्तै, ०७५\७६ मा ६३ हजार ४ सय १७, ०७४\०७५ सालमा ८८ हजार ७ सय ५८ जनाले एनओसी लिएका छन् ।
०७२\०७३ मा ३७ हजार १ सय ४८ र ०७१÷०७२ सालमा ३० हजार ७ सय ९७ जनाले एनओसी लिएको सरकारको तथ्याङक छ । बर्सेनी विद्यार्थी विदेशीदा ठ्ुलो रकम बाहिरिएको छ । नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरुको बढ्दो वैदेशीक मोहलाई रोक्न नेपालकै शिक्षाका नीतिमा केहि सुधारको अपेक्षा गर्छन् ।
एनओसी लिएका सबै विद्यार्थी विदेश जान्छन् भन्ने हुँदैन । आर्थिक वर्ष २०८०÷८१ मा सुरुमा १ लाख १२ हजार ५ सय ९३ जनाले एनओसी लिएकामा अन्तिम विवरण तयार पार्दा त्यसमध्ये ४ हजार १ सय १८ जना विदेश नगएका वा भिसा अस्वीकृत भएको मन्त्रालयको तथ्याङक छ ।
विद्यार्थीहरु विदेशीने संख्या नरोकिनु आफैमा एउटा भयावह जस्तै हो । यस विषयमा सम्बन्धीत निकाय गम्भीर हुनुपर्छ । उच्च शिक्षाकालागि अरुको देश पुगेका विद्यार्थी कफनमा आउनु राज्यकालागि दुःखका विषय भन्छन् । अखिल नेपाल विद्यार्थी संघ(अनेरास्ववियू)अध्यक्ष समिक बडाल ।
नेपाल बढ्दो राजनीतिक अस्थिरता लगायतका कारणले ११ कक्षा पढ्दादेखि नै विदेशिनका लागि तयारी गर्ने र १२ कक्षा सकेपछि विदेश जाने प्रवृत्ति बढ्दो छ । पछिल्ला वर्षहरूमा विद्यालय तहमा नै विदेश पठाएर पढाउने चलनमा कमी आएको देखिएको तर उच्च शिक्षाका लागि विदेशिने बढेका छन् ।
एकतातिर वालबालिकाको भविश्य अर्काे तर्फ अभिभावकै चाहनाका कारण लाखौं विद्यार्थी विदेश पुगेको तितो यर्थात छ । त्यसपनि नेपाली शैक्षिक संस्थाको सेवामाथि गुणस्तरको प्रश्न, पढाइ सकिएपछि अवसरको अभाव, बेरोजगारी, महँगीलगायत विभिन्न बाध्यताका कारण वैदेशिक अध्ययन गर्न जानेको बढेको हो । अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघकी पूर्व अध्यक्ष पञ्चा सिंहले नेपालमै विद्यार्थी रोक्ने आन्दोलनको खाचो रहेको बताउछिन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ४१ करोड बराबरको खर्च गरेका छन् । नेपालबाट पाँच महिनामै विदेशमा पढ्न जाने विद्यार्थीबाट ४७ अर्ब ४१ करोड बाहिरिएको छ ।
यसरी बर्षा अर्बाै रकम विदेश जाने उता, विद्यार्थीहरु दिनप्रतिदिन असुरक्षीत हुने अबस्थाको अन्त्यको आवश्यक छैन् र ? त्यसकालागि नेपालमै गुणस्तर शिक्षा सँगै राम्रो रोजगारीको अवसर प्रर्दान गर्न सके समृद्ध नेपाल शुखी नेपालीको नाराले सार्थकता पाउने थियो कि ?