काठमाडौं । डिसेम्बर १ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्जे्न्टिनामा भेटवार्ता भएको छ । वार्तापछि दुवै पक्षले भन्सार करको स्तरोन्नतिलगायत व्यापारलाई सिमित पार्ने कदमहरू बन्द गर्ने निर्णय गरेका छन् ।
आउने ९० दिनमा दुवै पक्षले छलफल गर्दै चालू वर्षयता चलिरहेको एक अर्कामा भन्सार कर असुल्ने कार्वाहीलाई रद्द गर्ने सम्झौता सम्पन्न गर्ने आशा गरिएको छ । साथै सो सम्झौता सम्पन्न नभएको खण्डमा अमेरिकाले व्यापार द्वन्द्वलाई चर्को पार्ने सम्भावना देखिएको छ ।
भेटवार्ताबाट प्राप्त यस उपलब्धिलाई कसरी हेर्ने त ?
सर्वप्रथम दुई देशका राष्ट्रनायकहरूले चर्कँदै आएको व्यापार द्वन्द्वमा ब्रेक लगाएपछि द्वन्द्व केही समयको लागि स्थगित भएको छ । जसबाट दुवै पक्षबीच हुने समस्याको समाधान सम्बन्धि छलफलको लागि दिशा देखाइएको छ साथै वार्ताले ठूलो सम्भावना बोकेकाले परिवर्तनको दुवै देशको मित्रतामा सुधार आउने अपेक्षा छ । आउने ३ महिनामा हुने दुई देशका व्यापार टोलीबीचको वार्ताको नयाँ चरण जटिल र कठिन भएतापनि यसले सुखद नतिजा दिनेछ ।
चीन र अमेरिकाबीचको व्यापार द्वन्द्व स्थगित किन भएको हो ?
बितेका ८ महिनामा चलेको व्यापार द्वन्द्वका कारण दुवै पक्षले ठूलो मूल्य चुकाएका छन् । तथ्याङ्क वमोजिम, गत १० महिनामा अमेरिकाको व्यापारमा भएको घाटा ७७.२ अरब अमेरिकी डलर भइसकेको छ र इतिहासमा नयाँ रेकर्ड बनेको छ भने चालू वर्षको दोस्रो त्रैमासिक अवधिमा अमेरिकाले पाएको प्रत्यक्ष विदेशी लगानी ऋणात्मक भएको छ ।
जुन ८.२ अरब अमेरिकी डलर पुगेको छ । ८ महिनाको वास्तविक अवस्थाबाट प्रमाणित भएको छ की व्यापार द्वन्द्वमा वीजय प्राप्त गर्ने पक्ष नै छैन बरू दुवैले देशले हार मात्र खाने छन् । ३ महिनाको छलफलको समयपनि जटिल व्यापार द्वन्द्वको लागि निकै उतेजक छ । अमेरिकाबाट प्रस्तुत बौद्धिक सर्वा्धिकारको संरक्षण, प्राविधिक सहयोग, बजार प्रवेश मापदण्डलगायतका बनोटमूलक समस्याप्रति चीन पक्षको प्रधान अडान यस्तो छ ।
जसमा चीनमा भइरहेको सुधार तथा खुलापनको दिशासँग अनुकूल विषय नै आउने ३ महिनामा हुने छलफलका महत्वपूर्ण विषय सूची हुन् । यसका साथै चीनले अमेरिकासँग आफ्नो ध्यान गम्भीर भएको बताएपछि अमेरिकाले प्रतिक्रिया जनाएको छ । तापनि वास्तविक वार्तामा हरेक विस्तृत विषयबारे दुवै पक्षबीच प्रशस्त वैचारिक आदानप्रदान हुने छ ।
यसका अतिरिक्त, अमेरिकी वार्ता टोलीको भित्री अन्तर्विरोध, अमेरिकाको जटिल राजनैतिक वातावरण एवम् परिवर्तित अमेरिकी अडान भन्ने कारक तत्वलाई समेटिएपछि आउने ३ महिनामा चालिने वार्ता प्रक्रिया अवश्य नै कठिन र जटिल हुने छ ।
आउने वार्तामा जस्तो नतिजा भएपनि चीनले शान्त भएर आफ्नो अडानको पालना गर्दै जाने छ । चीनले देशको निर्णायक हित तथा जनताको आधारभूत हितको अडिगताका साथ संरक्षण गर्ने छ । हालै चीनले सुधार तथा खुलापन भएको ४०औं वार्षिकोत्सव मनाइरहेको छ ।
यो स्मृति गर्ने मौका मात्र होइन् खुलापनलाई नयाँ स्तरमा उकास्ने अवसर पनि हो । आगामी ३ महिनाको वार्तामा चीन तथा अमेरिकाले समान तथा हितयुक्त, आपसी सम्मानताको आधारमा सदिच्छापूर्वक छलफल गर्दै विद्यमान मतभेदको उचित सञ्चालन गरेमा साझा जीत पाउने विश्वास चीनले गरेको छ ।