काठमाडौं । तीनवटा मन्त्रालय टुक्रयाएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आन्तरिक भागभण्डा मिलाउने तयारी गरेको छ । हाल २१ वटा मन्त्रालय रहेकोमा केही मन्त्रालय टुक्रयाएर २४ वटा मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेको नेकपा स्रोतले जनाएको छ ।
यसरी मिलाउँदा अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी दुई अध्यक्ष बिच समझदारी बनेको वताइएको छ ।
संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्था छ । त्यसकारण राज्यमन्त्री नराख्नेगरी मन्त्रीहरुको संख्या २४ पु¥याउने तयारी गरिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ । यस्तै नेकपा भित्र मन्त्रीका आकांक्षी वढि देखिएका छन् । प्रभावशाली नेताहरु नै मन्त्रीको आकांक्षी देखिएपछि दुई अध्यक्षलाई को कसलाई मन्त्रिमण्लमा सहभागी गराउने भन्ने बिषय चुनौती वनेको छ ।
मन्त्रिपरिषद पुनर्गठनमा नेताहरु भीम रावल, डा.बेदुराम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, जनार्दन शर्मा, हरिवोल गजुरेल, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देवेन्द्र पौडेल, प्रभु साह, गणेश ठगुन्ना, प्रेम आले, तुलसा थापालगायतका नेताहरु मन्त्री बन्ने चर्चामा हुनुहुन्छ । साथै उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र सुवास नेम्वाग पनि मन्त्री बन्ने चर्चाको सूचीमा हुनुहुन्छ । तर, गौतमको हकमा भने अदालतमा परेको मुद्दाको फैसलाका आधारमा मात्रै मन्त्री बन्न मिल्ने नमिल्ने निक्र्योल हुनेछ ।