काठमाडौं । पछिल्लो समय निकै नै चर्चामा रहेको देशमा रुपमा रहेको छ उत्तर कोरिया । उत्तर कोरियाको सत्तामा किम जोङ्ग आएपछि मानव अधिकार हनन्मा सुधार भएको प्रतिवेदनले देखाएको छ । उत्तर कोरियाबाट विस्थापित भएर गएका उत्तर कोरियाली नागरिकहरुसँग गरिएको सर्वेषणले पछिल्लो समय उत्तर कोरियामा मानव अधिकार हनन्का घटनामा कमी आएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
मानव अधिकार र सहयोग अनुसन्धान विभागका वरिष्ठ अनुसन्धाता क्यु चाङ्ग लीले अनुसन्धान पश्चात सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको पाइएको छ ।
उत्तर कोरियामा सामाजिक नियन्त्रण र सजायको वास्तविकता के हो ? भन्ने विषयमा प्रकाशित प्रतिवेदनले उत्तर कोरियाको वास्तविकता छर्लङ्ग पारेको छ । उत्तर कोरियामा मानव अधिकार हनन् र हुने परिवर्तन निषेध गर्ने आदेशहरुको प्रमाणलाई केलाउँदै प्रतिवेदनले विगतमा भन्दा अहिले मानव अधिकारका घटनाकम हुन थालेको जनाएको छ ।
कमि जोङ उन सत्तामा आएपछि उत्तर कोरियामा मानव अधिकार सुधार गर्न अन्तर्राष्ट्रिय समुदायका गतिविधिहरुको उत्तरदायित्व सुनिश्चित गर्नु सवैभन्दा प्रमुख विशेषता रहेको प्रतिवेदनमा उल्लेख गरएको छ । प्रतिवेदनका उल्लेख भए अनुसार सन् २०१३ मा संयुक्त राष्ट्र मानव अधिकार परिषद् ग्ल्ज्च्ऋ ले उत्रर कोरियामा एक प्रस्ताव पारित गरेको थियो ।
सोही अनुरुप लोकतान्त्रिक जन गणतन्त्र कोरिायमा मानव अधिकारमा छानविन आयोग गठन भयो आयोगले फ्रेबूअरी २०१४ मा जारी गरेको आफ्नो प्रतिवेदन मार्फत सो आयोगले मानवता विरुद्धको अपराध गर्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पठाएर वा संयुक्त राष्ट्र संघको तदर्थ न्यायाधिकरण स्थापन गरेर पक्राउ गर्न सुझाव दिइको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र संघले जवाफदेहिता सुनिश्चित गर्नका लागि आफ्ना गतिविधिहरुलाई प्रोत्साहन गर्न जारी राखेको छ । अर्को उल्लेखनीय विकास भनेको संयुक्त राज्य अमेरिका, इयु, युके जस्ता देशहरुले मानव अधिकार उल्लंघनमा उनीहरुको भूमिकाको लागि उत्तर कोरियाली व्यक्ति र संस्थाहरुलाई प्रतिवन्द लगाइएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।