सिआरआई । नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुप र इन्टर्नेटमार्फत शुभकामना दिएका छन् ।
शुभकामना सन्देशमा उनले सन् २०२३ मा चीनले पाएको विकास उपलब्धिबारे संक्षेप गरी सन् २०२४ देश समृद्धि हुने र विश्व शान्ति हुने शुभकामना व्यक्त गरेका छन् ।
सी चिनफिङले न्यानो जीवन तथा पुनःउत्थान व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको ब्याख्या गरेका छन्। साथै एउटा जिवित तथा न्यानो चीन पनि देखाएका छन् । न्यानो जीवन तथा पुनःउत्थान व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको ब्याख्या गर्दै एउटा जिवित तथा न्यानो चीन पनि देखाइएको सीले व्यक्त गरे। सीले अन्नबाली उत्पादन लगातार बीस वर्षसम्म वृद्धि हुँदै आएको, स्वच्छ पानी र हरियो पहाड विकासका ठूला प्रगति भएका, ग्रामीण पुनःउत्थानको नयाँ अवस्था देखिएको उल्लेख गरे ।
उनले सी ९१९ ठूलो विमान व्यावसायिक उडान संचालनमा आएको, स्वयं उत्पादित क्रुज पानी जहाजको परीक्षण संचालन भएको, शनचौ परिवार स्पेसमा रिले भएको भन्दै “फनतौच” नम्बर एकदम गहिरो समुद्रमा पुगेको भन्दै चीनले अथक प्रयासको भावना लिएर प्रगति गरेको बताउनु भएको छ। जताततै दिनदिनै प्रगति सिर्जना भएको देखिएको पनि आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
राष्ट्राध्यक्ष सीले चीन(मध्य एशिया शिखर सम्मेलन, तेस्रो वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च समेत अनेक कूटनीतिक कार्यक्रमलाई सफलताका साथ आयोजना गरिएको र विश्वका विभिन्न क्षेत्रका मित्रलाई चीनमा स्वागत गरेको व्यक्त गरेका छन् ।
सी चिनफिङले आगामी वर्ष नयाँ चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव रहेको स्मरण गर्दै चिनियाँ शैलीको आधुनिकीकरणलाई सृदृढताका साथ अघि सार्नुपर्ने र हाम्रो लक्ष्य धेरै भव्य र धेरै सरल पनि रहेको कुरामा जोड दिएका छन् । त्यसको मूल कुरो नै सर्वसाधारणलाई अझ राम्रो जीवनस्तरको वातावरण सिर्जना गर्ने हो भन्ने कुरा उनले दोहोर्याएका छन् ।
सीले वर्तमान विश्वका केही ठाउँमा युद्ध चलिरहेको र चिनियाँ जनताले शान्तिको मूल्यबारे गहन रूपमा बुझेका भन्दै चीनले अन्तर्राष्ट्रिय समूहसँग मानवजातिको भविष्य र जनताको फाइदाको आधारमा मानव भाग्य समुदायको रचना बढाएर अझ असल संसार निर्माण गर्ने इच्छा लिएको आफ्नो शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ वर्ष सन् २०२४ को शुभकामना सन्देश