काठमाडौं । क्यापिटल मिडिया ग्रुप अन्तर्गत क्यापिटल एफएमले आफ्नो प्रसारण यात्राको १७ बर्ष पूरा गरी १८ बर्षमा प्रवेश गरेको छ । यसै अवसरमा मंगलबार क्यापिटल एफएमको १७ औं बार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ ।
आफ्नो स्थापना कालदेखि नै क्यापिटल एफएमले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक लगायतका बिषयबस्तुलाई महत्वका साथ उठान गर्दै आएको छ । मंगलबार काठमाडौमा एक समारोहका बीच बार्षिकोत्सव मनाइयो ।
बार्षिकोत्सव कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले वर्तमान अवस्थामा मिडिया हाउसले जनशक्ति परिचालनमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिए । जनशक्तिको पारिश्रमिक व्यवस्थापनमा मात्रै जोड दिन सकेमा पनि समाजका घटनाक्रम अझै उजागर गर्न सकिन्छ भन्ने तर्फ बहस केन्द्रित हुनुपर्ने सापकोटाले बताए । अब मिडिया परिष्कृत हुने बेला आएको पनि उनको भनाई छ । कुनै बिषयगत बिषयबस्तुलाई केन्द्रमा राखेर पनि सञ्चार संस्था सञ्चालन गर्न सकिने सापकोटाले बताए ।
.jpg)
त्यस्तै टेलिभिजन संघका अध्यक्ष प्रभात चलाउनेले बार्षिकोत्सवका अबसरमा क्यापिटल एफएमलाई शुभकाना दिदैं समग्र मिडियाकै अबको भविष्यको परिभाषा केहि फरक रहेको पनि औंल्याए । समग्र अवस्थामै अर्थतन्त्रको प्रभाव परिरहेका बेला मिडिया क्षेत्र पनि यसबाट अछुतो रहन नसकेको उनले बताए । नेपाली सञ्चार जगतको विकासमा जुन रुपको प्रगति भैरहेको छ, अझै गर्नुपर्ने र भूमीका निभाउनु पर्ने क्षेत्र धेरै रहेको उनको भनाई थियो ।
.jpg)
यस्तै राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारीले भूकम्प र कोरोना जस्ता महाविपत्तिलाई समेत पार गर्दै रेडियोलाई अघि बढाउनु आफैमा प्रेरणाजन्य कुरा भएको बताए । बार्षिकोत्सवका अवसरमा उनले रेडियो प्रति सदस्यता प्रकट गरे ।
.jpg)
त्यस्तै बार्षिकोत्सव कार्यक्रममा आफ्ना भनाई राख्दै रे मिडिया प्रा.लि.का अध्यक्ष प्रकाश बाबु पौडेलले रेडियोलाई शुभकामना दिंदै मिडिया प्रति देशकै संयन्त्र पनि उत्तरदायी हुनुपर्ने बताए । राजनैतिक परिवर्तन, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता कुरामा मिडियाको भूमीका अग्रस्थानमा रहने गरेको तर राज्य संयन्त्रले नै मिडियालाई वेवास्ता गर्न खोज्नु दुःखद् रहेको पौडेलले बताए ।
.jpg)
त्यस्तै बार्षिकोत्सवका अवसरमा बोल्दै क्यापिटल मिडिया ग्रुपका अध्यक्ष शुशिल राउतले क्यापिटल एफ एम ९२.४ मेगाहर्जले १८ औं बार्षिकोत्सव मनाउँदै गर्दा आफु भाबुक भएको बताए । बिभिन्न आरोह अवरोह पार गर्दै १८ औं बर्षमा संस्थाले पाइला टेक्नु गौरबको कुरा भएको उनको भनाई छ । थप उर्जा र जाँगरमा कुनै कमि नहुने भन्दै उनले संस्थाको अबको भविष्यको लागि धैर्यता पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिए ।
.jpg)
क्यापिटल एफएम ९२.४ मेगाहर्जले बि.संं २०६३ सालमा आफ्नो नियमित प्रशारण आरम्भ गरेको थियो । नियमित प्रशारण सुरु भएको दिन हरेक बर्ष असार २६ गते रेडियोले बार्षिकोत्सव मनाउँदै आएको छ । अहिले सम्म आइपुग्दा अन्य भगिनी रेडियो र अनलाइन संस्करण सञ्चालन हुनका साथै क्यापिटल टेलिभिजन समेत प्रशारणमा आइसकेको छ । बार्षिकोत्सव समारोहको क्यापिटल एफएम र क्यापिटल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
.jpg)
.jpg)
.jpg)
.jpg)