धरान । सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झ¥यो ।
धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर पाइप तानेर कोकाहमा पानी ल्याइएको हो ।
पानी आएपछि भावुक हुँदै आँसु झारेका मेयर साम्पाङ केहि बेर बोल्नै सकेनन् । पानी कुरेर जागराम बसेका मेयर साम्पाङ हातमा हथौडा बोकेर पाइपबाट झरेको पानी छेउमा उभिएर एक छिन रोए, अनि पानी हातले फिजाउँदै सबैतिर छर्के, आफ्नो शरिर भिजाए । त्यो देखेर पानी कुरेका धरानबासी पनि सँगै रोए, हल्ला गरे, नारा लगाए ।
‘दुई दिन देखि कोकाहको पानी नझारी घर नै नजाने भनेर मेयर साब २० नम्बर वडाको पकुवा नजिक खोला मै थिए, पानी झेरपछि मेयरले आँसु थाम्न सकेनन्, त्यो देखेर हामी सबै रायौं,’ मध्यरातमा पानी झरेको ठाउँमा पुगेका रसिक थेबे भन्छन् ।
मेयर राईले भावुक हुँदै घर नजाने घोषणा गर्र्दै रातभरी पकुवा खोला किनारमा बसे । पानी झरेको हेर्न आउनेलाई उनले भने, ‘भोलि धरानमा उत्सव मनाउन आउनु होला, कोकाह खोलाको पानीले नुवाउनुपर्छ ।’
सँगै गएका सहयात्रीहरुका अनुसार मेयर निर्वाचित भएदेखि सबैभन्दा खुशी सोमबारराति नै देखिए । पानी झेर पछि धरानका उपप्रमुख अइन्द्र विक्रम बेघा पनि पकुवा पुगेका थिए ।