भारतमा हुने १४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले हिजो ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंकाले खेल्ने छैन् । कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा खेल्ने छन् ।
साफ च्याम्पियनसिप आउँदो असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ । साफको उद्घाटन खेलमा असार ६ गते नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा नेपालले असार ९ गते आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल हुनेछ ।
माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो ।
नेपालको प्रारम्भिक टोली :
गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डरमा : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन
मिडफिल्डरमा : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ
फरवार्डमा : आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन