काठमाण्डौ । संघीय राजधानी काठमाडौंबाट २८ किलोमिटरको दूरीमा रहेको आगन्तुक रिसोर्ट नव आगन्तुक पर्यटकहरुका लागि मुख्य गन्तव्य बन्न सक्ने रिसोर्टका सञ्चालक एवं बोर्ड निर्देशक कृष्णप्रसाद ज्ञवालीले बताएका छन् ।
आन्तरिक र बाह्य पर्यटकहरुका लागि प्रदान गरिरहेको सेवा तथा सुविधाका बारेमा जानकारी दिन रिसोर्टले विहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले उक्त जानकारी दिएका हुन् ।
काभ्रेको धूलिखेलमा रहेको उक्त रिसोर्ट आन्तरिक र बाह्य दुवै पर्यटकहरुलाई लक्षित गरेर सञ्चालनमा आएको उनले बताए ।
रिसोर्टकी अध्यक्ष सरस्वती ज्ञवालीले रिसोर्टको विशेषताका बारेमा बताउँदै मनोरम दृश्यहरुको अवलोकन गर्न सकिने, सूर्य उदयको आनन्द लिन सकिने, रिसोर्ट परिसरमा झर्ना, स्वमिङ पुल, २४ सै घण्टा हट एण्ड कोल्ड सहित ५२ वटा रुमहरु हाल सञ्चालनमा रहेको र १६ वटा रुमहरु सञ्चालनको तयारीमा रहेको बताइन् ।
रिसोर्टमा सञ्चालित प्रत्येक रुममा बाल्कोनी, २५० देखि ३०० स्कवायर फिटका रुमहरु रहेका छन् ।
आगन्तुक रिसोर्ट, आधुनिक रिसोर्टको परिकल्पनाअनुरुप रिसोर्टका भौतिक संरचना एवं रुमहरु अत्याधुनिक छन् । बच्चाहरुका लागि किडजोन, स्पा, हेथ क्लब, स्नोकर, टेबलटेनिस जस्ता इन्डोर गेमहरु, बार, इन्डोर स्टिम सौना, ३०० देखि ३५० क्षमताको बैङक्विट हल र दुई वटा हेलिप्याड रहेका छन् ।
नेपालको आर्थिक क्षेत्रमा मुख्य योगदान रहेको पर्यटन क्षेत्रलाई प्रबर्द्धन गर्ने हेतुले सञ्चालनमा आएको उक्त रिसोर्टमा अध्यक्ष सरस्वती ज्ञवाली, बोर्ड निर्देशक कृष्णप्रसाद ज्ञवाली, आर्थिक नियन्त्रक सुवोध भण्डारी, आवासिय व्यवस्थापक विमल पौड्याल एवं मार्केटिङ तथा सेल्स निर्देशक सुरज बिष्ट लगायतको संलग्नता रहेको छ ।