राजापुर । आगलागी जोखिमबाट जनधनको संरक्षणसंगै वातावरण र समग्र प्रकृतिको संरक्षण गर्नुपर्ने गृहमन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले बताएका छन् ।
बर्दियाको राजापुर नगरपालिकामा आइतबार उद्घाटन भएको आगलागी व्यवस्थापन पुनर्ताजगी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने ‘गर्मी समयमा दिनानुदिन आगलागीका घटना बढिरहेका छन् । यसबाट जनधासँगै वनजगंल, वातावरण र जनावर समेतको सुरक्षा गर्नु हाम्रे कर्तव्य हो ।’
यूएसआइडीको तयार नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिकाले आयोजना गरेको तालिममा हिमालयन इन्स्टिचुट अफ फायर एण्ड इमर्जेन्सीसर्भिस हाइफेसले (हाइफेस)ले प्राविधिक तालिम प्रदान गरेको गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै राजापुर नगरपालिकाकाका प्रमुख दिपेश थारुले राजापुर नगरपालिका विपद नै विपदको थलो भएकाले यस तालिम पश्चात आगलागी विपद क्षेत्रमा विशेष सुरक्षा गर्न सकिने बताए ।
थारुले भने, ‘हिउँदमा आगलागी र हावाहुरीको जोखिम र बर्षामा बाढीको त्रासले यो क्षेत्र आक्रान्त भएको छ । तालिम कार्यक्रमले यस्ता जोखिमबाट कसरी जोगिने भन्नेमा प्राविधिक ज्ञान प्राप्त हुनेछ ।’
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका उपसचिव कृषिराज आचार्यले राजापुर क्षेत्रमा बार्षिक रुपमा देखिएका ४ हजार भन्दा बढी आगलागीका घटना हुने गरेको बताउँदै तालिम कार्यक्रमले यस्ता घटना नियन्त्रण गर्न सघाउ पुग्ने बताए ।
उनले भने, ‘अघिल्लो बर्ष आयोजना गरिएको तालिम कार्यक्रम अहिले पुनर्ताजगी सम्म आइपुग्दा अन्य स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरी आगामी दिनमा आगलागी नियन्त्रणमा हातेमालो गर्न नगरपालिकालाई आग्रह गर्दछु ।’
कार्यक्रममा पालिका उपप्रमुख मनकला कुमारी चौधरी, हाइफेसका अध्यक्ष सुशील राउत, तयार नेपालका नेपालका डेपुटी चिफ अफ पार्टी निर्थ जोशी, प्रमुख प्रशिक्षक सुमित पराजुलीले पनि तालिमको महत्वका बारेमा प्रकाश पारेका थिए ।
तालिममा ४ जना महिला सहित १५ जनाको सहभागिता रहेको छ ।