काठमाडौंमा । एसिया प्यासिफिक सम्मेलन शनिबारदेखी काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन विभिन्न राष्ट्रका प्रमुखहरु नेपाल आउने क्रम जारी छ । सम्मेलनमा विभिन्न ४५ देशका राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तित्वसहित एक हजार पाँच सयको सहभागीता हुने दावी गरिएको छ ।
सम्मेलनकै लागी फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडो बुधबारनै काठमाडौं आईपुग्नुभएको छ भने म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकी र क्याम्बोडियाका प्रधानमन्त्री हु सेन बिहिबार आईपुग्नुभएको छ । उहाँहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभएको थियो ।
यस्तै पोलीनेसिया मुलुक सामोआका राष्ट्रप्रमुख, दक्षिण प्रशान्त सागर टुभालुका सरकार प्रमुख र माईक्रोनेसिया मुलुक नाउरुका राष्ट्रपति बरोन वका, पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी पनि काठमाडौं आउँदै हुनुहुन्छ ।
यसैगरी कोलम्बियाका पूर्व राष्ट्रपति, अफगानिस्तानका पूर्व उपराष्ट्रपति, ईण्डोनेसिया संसद प्रमुख, टोङ्गा सरकारका प्रवक्ता, फिजिका सभामुखसहित उच्च अधिकारी सम्मलेनमा सहभागी हुने कार्यक्रम छ ।
शनिबारदेखी सुरु हुन लागेको सम्मेलन ४ दिनसम्म चल्नेछ ।
सुरक्षा व्यवस्थामा कडाई
काठमाडौंमा शनिबारदेखी सुरु हुन लागेको एसिया प्यासेफिक सम्मेलनलाई लक्षीत गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुको सुरक्षाका लागी झण्डै तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रलायले जनाएको छ ।
चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्दैछ । सेनालेनै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्दैछ ।
सुरक्षा व्यवास्था बिम्सटेक सम्मेलन सरह नै हुने सञ्चारमन्त्री गोकुल बास्कोटाले बताउनुभयो ।