डाकमान राई ।
काठमाडौं ।
महामहिम राष्ट्रपति ।
प्रत्येक नेपालीलाई ६ रुपैंयाँको ऋण, हुँदैछ खटपट नेपालमा दिन दिन !
नेपाल विश्वमान चित्रमा हेर्दा एक सानो देश, जुन दक्षिण एशियाको कुनामा रहेको छ ।
यो २१ औं शताब्दी हो । तर नेपाल विकासोन्मुख राष्ट्रको सूचीभित्र अटाउनु परेको छ । विभिन्न समुदायमा हुर्केका अनि विभिन्न पेशा तथा तह–तप्काका मानिसहरु निकै कष्टपुर्वक आफ्नो जिविको चलाईरहेका छन् ।
यहाँ, रातभरि सडकमा सुत्ने देखि लिएर मँहगो–मँहगो पलङमा ऐसको जिन्दगी बिताउने प्रशस्त मानिस भेट्न सक्छौ ।
समाजमा हुने खाने, हँदा खाने, नहुने नखाने, हुने नखाने तथा नहुने खाने सबै बर्गका मानिसहरुको कमी छैन ।
हाम्रो नेपाल, जुन अझै गरिबीको रेखामुनि नै छ ।
तर, पछिल्लो घटनाक्रमलाई नियाल्दा यो देशलाई गरिबको संज्ञा दिनु बेकार जस्तो लाग्न थालेको छ ।
जुन देशमा सामान्य परिवारबाट आएकी राष्ट्रपतिले १८ करोडको गाडी चढ्छिन् भने, त्यहाँ गरिब भन्ने शब्दावली प्रयोगमा नल्याउँदै राम्रो हुन्छ ।
सन्दर्भ हो, एउटा गरिब राष्ट्रको राष्ट्रपतिले १८ करोडको ‘विलासी’ गाडी चढ्नु ।
जनताहरु यहाँ चिन्तित देखिन्छन् । किनकी, यसरी सरासर हेर्दा करिब ३ करोड नेपालीको बसोबास रहेको नेपालका जनताहरुको थाप्लोमा प्रति ब्यक्ति करिब आधा लाख ऋण छ ।
तर, नेपालजस्तो गरिब राष्ट्रको राष्ट्रपतिले १८ करोडको ‘विलासी’ गाडी चढ्ने तयारी गर्नुभएको छ । पहिलो कार्यकालमा पनि गाडी किन्ने कुरा संसदमा उठेको थियो ।
तर, त्यो समय तत्कालीन प्रधानमन्त्री तथा हालको प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवाले यसलाई रोकेका थिए ।
बिषयको उठान गर्दै गर्दा धेरैले सुख–सयलको बाधक सोच्लान्न् तर धेरै कुरा बुझ्न आवश्यक छ ।
सर्वसाधारण जनतामा पनि त्यो क्षमता हुन्छ, उनीहरुसँग पनि सही वा गलत छुट्याउन सक्ने क्षमता छ । विचारहरु फरक हुन सक्छन् तर जनताले प्रश्न गर्ने हैसियत र अधिकार राख्छन् ।
संसारमा धेरै राष्ट्रपति छन् । अरुको खाईदिने पनि छन्, आफ्नो अरुलाई दिने पनि छन् । आफ्नो सेवा सुविधा जनताका लागि खर्चेर आफु कुखुरा पालेर बाँचेका राष्ट्रपतिको पनि कमि छैन ।
२०७२ कार्तिक ११ मा व्यवस्थापिका संसदबाट पहिलो पटक महिला राष्ट्रपतिमा निवार्चित भण्डारीलाई ०७४ मा गाडी खरिद गर्ने भनि मन्त्रीपरिषद्ले ४ करोड छुट्याएको थियो । तर, त्यत्तिबेला सेनाले सुरक्षाका लागि असहज भएको भन्दै त्यो रकमले नपुग्ने बताएको थियो ।
सो कुरालाई हेरेर सरकारले करिब १४ करोड ३० लाख रुपैंयाँ भने निकासा गरेको थियो ।
सोही विषयलाई लक्षित गर्दै धेरै ब्यक्तिले आफ्नो विचार ब्यक्त गरिरहेका छन् ।
जस्तै, नेपाली चलचित्रकी एक सफल नायिका रेखा थापा भन्छिन् ‘१८ करोडको गाडीले देशलाई के दिन्छ ?’ त्यस्तै नेपाली कमेडीयन केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले पनि भन्छन्, ‘घरमा खाने चामल छैन, १८ लाखको कसौंडी किन किन्ने ?
बहश र आलोचनाका लागि यो बिषय मात्र होईन । धेरै चिजले असन्तुष्टि गाडी खरिद प्रकरणमा झल्किएको हुनुपर्छ ।
मानिसहरु भन्छन्, ‘मान्छेको आफ्नै व्यक्तिगत जिवन हुन्छ । कसैको जिन्दगीमा हस्तक्षप गर्न हुदैन । मानिसका नैसर्गिक अधिकारलाई संविधानमै सुरक्षित गरिएको हुन्छ ।
राष्ट्रपति भनेको राष्ट्रकै एक सम्मानित पद, त्यसैले सोही अनुसार सम्मान अरुबाट चाहिन्छ । तर, सम्बन्धित निकाय तथा ब्यक्तिबाट पनि सोही अनुसारकै सद्भाव झल्किनपर्छ ।
अन्त्यमा–
राष्ट्रपति ज्यु !
१८ करोडको गाडी चढेर गााडीभित्र मात्र सिमित नरहनु होला ।
कहिलेकाहीँ बाहिर निस्केर, यसो उखुबारी र झाडीतिर रहेका नेपाली चेलीहरुको रक्षा तथा सम्मानमा पनि केही आफ्ना बचनहरु खर्चिनु होला ।
ड्रोनाल ट्रम्पको जस्तो राष्ट्रपति भवन खोजेर मात्र नबस्नुहोला ।
जय देश ! जय नेपाल !