काठमाडौं । चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जन कांग्रेसको नयाँ वार्षिक अधिवेशन आज पैचिङमा सम्पन्न भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्पन्न समारोहलाई सम्बोधन गर्दै जनताको विश्वास आफू अगाडि जाने सबैभन्दा ठूलो यन्त्र तथा काँधमा बोकिएको जिम्मेवारी भएको बताएका छन् ।
उनले आफूले कानूनको पालना गरी मुलुक र जनताको सेवा गर्ने तथा चीनका जनताको विश्वासलाई निराश नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै सिले शक्तिशाली मुलुकको निर्माण तथा राष्ट्रको पुनःउत्थान गर्ने रिले बटन आजका पुस्तामा पु¥याइएको बताएका छन् ।
यसका साथै उनलेचीनलाई बलियो बनाउने, चिनियाँ जातिको पुनःउत्थान गर्ने नयाँ यात्रामा चीनले दृढताका साथ उच्च गुणस्तरीय विकासलाई अघि बढाउने तथा जनतालाई प्राथमिकतामा सदा कायम राख्ने र विकास तथा सुरक्षाको सामञ्जस्य गर्ने, ‘एक मुलुक दुई व्यवस्था’को अभ्यास र मातृभूमिको पुनःएकिकरण कार्यलाई अघि बढाउने र मानव जातिको भाग्य एकरूपताको स्थापना गर्नेमा प्रयास गर्ने औँल्याएका छन् ।
सीले राष्ट्रिय प्रतिरक्षा तथा सेनाको आधुनिकीकरणको निर्माणलाई चौतर्फी रुपमा अघि बढाउनुपर्ने र जन मुक्ति सेनालाई राष्ट्रको सार्वभौमिकता, सुरक्षा तथा विकासको हितको प्रभावकारी रुपमा संरक्षण गर्ने ग्रेटवालको रुपमा निर्माण गर्नुपर्ने पनि बताएका छन् ।
चीनको विकासबाट विश्व लाभान्वित भएको र चीनको विकास विश्वसँग सम्बन्धित भएका कारण वास्तविक रूपमा उच्चस्तरीय वैदेशिक खुलापन अपनाउने उनले बताएका छन् । चीनले विश्वव्यापी बजार तथा स्रोतको प्रयोग गरी आफ्नो विकास गर्नुका साथै विश्वको सँयुक्त विकासलाई समेत बढाउने सीको भनाई छ ।
त्यस्तै, राज्य परिषदका प्रधानमन्त्री ली छ्याङले पत्रकार सम्मेलनमा चिनियाँ तथा विदेशी पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिएका छन् । प्रधानमन्त्री लीले चालु वर्ष राष्ट्रिय गार्हस्थ उत्पादनको कूल मात्राको निर्धारित वृद्धि दर पाँच प्रतिशत पुर्याउनका लागि विविध कदम चाल्नुपर्ने भन्दै निर्धारित वृद्धि दर पाँच प्रतिशत पुग्न सजिलो नभएको र धेरै प्रयास गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री लीका अनुसार, चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन, चीनको दोस्रो शताब्दी लक्ष्य साकार तुल्याउन, चीनले निरन्तर सुधार र खुलापनलाई कायम राख्ने छ । साथै उनले मातृभूमिको साथ, सहयोग र समर्थन रहनुका साथै‘एक मुलुक दुई व्यवस्था’को प्रत्याभूतिमा हङकङ र मकाउको भूमिका र स्थान अझै बलियो हुने र मकाउको भविष्य अझै सुन्दर हुने बताएका छन् ।
यसका साथै प्रधानमन्त्री लीले निजी पूँजीद्वारा संचालित अर्थतन्त्रको विकासको विषयमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको नीति सधैँ स्पष्ट रहेको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ, २० औँ महाधिवेशन तथा गत वर्षको अन्त्यमा आयोजित केन्द्रीय आर्थिक कार्य सम्मेलनले सो कुरालाई जोड दिएको बताएका छन् ।