वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार २४६ घरमध्ये ६२० घर निर्माण सम्पन्न भएका छन् । सरकारले यस कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा जम्मा दुई हजार २४६ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो ।
यस कार्यक्रमका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेर काम शुरु गरेको र क्रमागत योजनाअन्तर्गत चालू आर्थिक वर्षमा आठ करोड ६३ लाख रुपैयाँ बजेट थप गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
सरकारले चितवनमा ७ सय ६६, मकवानपुरमा ६ सय ५०, धादिङमा ३ सय ५०, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, रसुवा र नुवाकोटमा ५०र५० घर निर्माण गर्ने योजनाअनुसार अघिल्लो आर्थिक वर्षमा ६ सय २० घर निर्माण सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सरकारले चितवन र मकवानपुरमा दुईरदुई सय घर, धादिङमा एक सय घर, नुवाकोटमा ५० घर, रसुवा, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा पाँचरपाँच घर गरी कूल ५ सय ८० घर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।