काठमाडौं । उदयमान कलाकार प्रभात पाल (ठकुरी) ले आज आफ्नो जन्मदिन मनाउँदै छन् । कलाकार पाल आजबाट २७ औं वसन्तमा प्रवेश गरेका छन् । प्रभातले आफ्नो जन्मदिन परिवार, आफन्त तथा साथीभाईबीच बनाइरहेका छन् ।
२९ फागुन २०५२ मा कैलालीको अत्तरियामा जन्मिएका प्रभात आमा जानकी पाल र बुवा जगदिशबहादुर पालका दोस्रो सन्तान हुन् । हालै प्रभातद्वारा अभिनित दुई वटा चलचित्र ‘सरी मम’ र ‘डिसेम्बर फल्स’ प्रदर्शन भइसकेका छन् । ‘डिसेम्बर फल्स’मा नेगेटिभ रोलमा देखिएका प्रभातले ‘सरी मम’ मा कुलतमा फेसेका युवाको अभिनय गरेका छन् । जसमा उनको अभिनयको निकै चर्चा पनि भयो ।
‘सरी मम’ मा उनले गरेको अभिनयको कलाकारदेखि निर्माता, निर्देशकहरुसम्मले निकै तारिफ गरेँ । लागुऔषध दुर्व्यसनी विरुद्धको कथामा तयार पारिएको फिल्म ‘सरी मम’ प्याब्सन, एन–प्याब्स, हिसान, शिक्षक महासंघलगायतको सहकार्यमा अहिले पनि विभिन्न विद्यालयहरुमा देखाउने क्रम जारी छ । लागुऔषध दुर्व्यसनी विरुद्धको यो अभियानमा प्रभात आफैं पनि सक्रिय हुँदै आएका छन् ।
बाल्यकालदेखि नै अभिनय तथा नृत्यमा रुची राख्ने प्रभात आफ्नो अभिनयकै कारण सबैका प्रिय थिए । विद्यार्थी जीवनदेखि नै अभिनय तथा नृत्यमा सक्रिय रहँदै आएका प्रभातले फार्मेसीमा माटर्स गरेका छन् । अभिनयमा रुची भएपनि विभिन्न कारणले फार्मेसी अध्ययनका लागि भारतको कर्नाटका गएका प्रभात माटर्स पछि मात्रै नेपाल फर्किएका हुन् ।
नेपाल फर्किए लगत्तै नेपाल फिल्म एकाडेमीमा ‘डिप्लोमा इन एक्टिङ’ क्लास सुरु गरेका प्रभात अहिले ‘एक्टिङ क्लास’सँगै ‘थिएटर क्लास’ र ‘एक्टिङ वर्कशोप’ पनि गरिरहेका छन् । आगामी चलचित्रका लागि कडा परीश्रम गरिरहेका प्रभातले अभिनय गरेको ‘फूलैफूल दिन्छौं कि काँडैकाँडा दिन्छौं’ बोलको गीत ट्रेन्डिङमा छ । यसबाहेक प्रभातले अन्य थुप्रै गीतहरुमा अभिनय गरिसकेका छन् ।
जुन दर्शकले रुचाएका पनि छन् । आफ्नो अभिनयको जादूले हर कोहीको मन जित्न सक्ने क्षमता राख्ने प्रभात आगामी सबैको प्रिय कलाकार बन्न सकून् । हाम्रो तर्फबाट पनि नवोद्वित कलाकार प्रभात पाल (‘ठकुरी) लाई जन्मदिनको शुभकामना !