दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र होइन, गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । विशेष गरी गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसैले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ । गिजामा इन्फेक्सन भयो भने शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । त्यसैले दाँत सुरक्षित राख्न हामीले विशेष ध्यान दिनुपर्ने हुन्छ । दाँत किन दुख्छ ? दाँतलाई कसरी स्वस्थ राख्ने र रोग लागिहाले के उपचार गर्ने ? सहकर्मी भावना हमालले दन्त चिकित्सक डा. दिलदार मियाँसँग गरेको कुराकानीको सारांश:
दन्त रोग भनेको के हो ?
दन्त रोग भनेको चिकित्सा शास्त्रको ब्रान्च हो । यसले दात सम्बन्धी रोगहरुको निवारण गरिन्छ । यसमा दात मात्र नभएर मुखमा भएको रोगलाई दन्त रोग भनिन्छ ।
दात दुखाईले हैरान भएमा घरेलु उपचार केही छ ?
नेपालमा धेरै मानिसाले दन्त रोगलाई समान्य रोग भनेर वास्ता गर्दैनन् । दात दुखाइका कारण धेरै छन् । हामीले दात दुखेमा घरेलु उपचार गर्दा मनतातो पानीमा चर्को नुन हालेर दाँत माझ्दा ब्याक्टेरिया हटाउन सहयोग गर्छ । साथै गिजा सुन्निएको छ भने पनि यसले कम गर्न मद्दत गर्छ । साथै यसरी नुनिलो पानीले कुनै पनि मुखभित्र कुहिएको पदार्थ निकाल्नसमेत मद्दत गर्छ । यस्तै तोरीको तेल र नुनले दाँत माझ्ने, ल्वाङ या टिमुर टोक्ने, सेन्सेटिभ टुथपेस्टको प्रयोग गर्नुहोस्, दाँत माझ्न छोड्नु हुँदैन । दुखाइ बढ्दै गएमा मात्र सिटामोल खानुपर्छ ।
हरेक ६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ । सामान्य अवस्थामा समेत ६ महिनामा परीक्षण गरेको राम्रो हो । कस्मेटिक उपचार गरेकाले पनि नियमित परीक्षण गर्नुपर्छ । दाँतमा फोहोर जमेको हुन्छ । यदि त्यसलाई सफा गर्न सकिएन भने त्यो ढिक्का भएर जम्छ र गिजा सुनिन्छ । त्यसैले बेला बेलामा दाँत सफा गर्न जरूरी हुन्छ ।
दाँत किराले खाएमा कस्तो खालको उपचार गर्दा उत्तम हुन्छ ?
दाँत किराले खाएमा पहिला दात किराले दाँत कति खाएको छ्, त्यहिअनुसार उपचार सुरु हुन्छ । सामान्य तया हामीले दातमा किरा लागेमा किराहरु निकालेर आर्सिटी गर्नुपर्छ । सबै किरा राम्ररी निकालेर टेम्पोरोरी हालेर दाँत भर्नुपर्छ यसरी नै उपचार गर्दा उत्तम हुन्छ ।
दाँतलाई कसरी स्वस्थ राख्ने ?
दाँतलाई स्वथ्य राख्नको लागि समय–समयमा दातको चेकअप गर्नुपर्छ । दाँत भर्नु भन्दा पहिला दाँतलाई राम्रासँग सफा गर्न जरुरी छ । जनचेतनाको कमिले गर्दा धेरै मानिसले दाँतको समस्यालाई लुकाएर बसेको हुन्छन् । त्यसो गर्दा पछि गएर ठूलो समस्या हुने भएकाले दाँतलाइ सधैभरि स्वथ्य राख्नलाइ बिभिन्न किसिमको घरेलु उपचारसँगै डाक्टरहरुको पनि सल्लाह लिनुपर्छ ।
दाँत खिइने समस्या कसरी उत्पन्न हुन्छ ?
बिशेष त पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थका कारण दाँत खिइने समस्या उत्पन्न हुन्छ । सामान्यतथा दाँत खिइने समस्या कैल्सियमको कमी, गिजाको खराबी तथा दात तथा मुखको खराबीका कारण हुने गर्छ । खाना पछि दैनिक दुई पटक ब्रस गर्न जरुरी छ । ब्रस गर्दा दाँतको राम्ररी सफाई गर्नुपर्छ । दाँत सफा गर्दा नरम ब्रसको प्रयोग गरौं । राती सुत्नु अगावै दातको राम्ररी सफाई गर्नुपर्छ । हरेक पटक खाना खाएपछि राम्ररी मुख कुल्ला गर्नुपर्छ ।
के किरा लागेको दाँत फाल्नुपर्छ ? यसको उपचार कसरी गर्ने त ?
खाना खाइसकेपछि राम्रोसँग सफा नगर्दा दाँतमा किरा लाग्ने समस्या हुन्छ । चिकित्सकीय भाषामा यो समस्यालाई दन्त सड्न पनि भनिन्छ । दाँतमा लाग्ने किरा एक प्रकारको सुक्ष्म जीव हो । जुन नाङ्गो आँखाले देख्न सकिँदैन । मुखमा भएका सुक्ष्म जीवले दाँत र गिजाको बीचमा अड्किएका खानेकुराहरुलाई एसिडमा परिणत गरिदिन्छ । ती एसिड दाँतको सतहमा रह्यो भने दाँतको बाहिरी भाग इनामेललाई खियाउँछ । त्यसपछि दाँतमा खाल्डो पर्दै जान्छ ।
समयमै उपचार गर्दा दन्त सडनको समस्या निको हुन्छ । तर उपचार नगर्दा समस्या जटिल बन्दै जान सक्छ ।
दाँत सिरिङ–सिरिङ हुने कारण के हुन् ?
गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ । अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ । एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ ।
समग्रमा दातको उपचार हामीले कसरी गर्ने यहाँको सल्लाह के छ ?
हाँसो सबैको लागि अपरिहार्य छ । यसलाई अझै राम्रो बनाउन कस्मेटिक उपचार पनि गरिन्छ । हामिले दाँतको उपचार राम्रो गर्यौ भने सौन्दर्य बढाउनुका साथै दाँतलाई स्वस्थ्य र बलियो बनाउँछ । दाँतको बीचमा ग्याप छ भने त्यो ठाउँमा खाने कुरा अड्किने, गिजा सुन्निने र किराले खाने समस्या हुनसक्छ । यस्तो ग्याप भर्ने हो भने खाने कुरा अड्किने समस्या समाधान हुनुका साथै सुन्दर देखिन्छ । कसै–कसैको दाँत पहेँलो हुन्छ । यस्तो समस्या कसै कसैको जन्मजात हुन्छ भने कुनै मान्छेको खानपिनले गर्दा हुन्छ । चुरोट, सूर्ति, खैनी सेवन गर्ने व्यक्तिको दाँत पहेँलो हुन्छ । दाँत पहेँलो हुँदा एकातिर नराम्रो देखिन्छ भने अर्कोतिर यसले समस्या पार्दै जानसक्छ । यस्तो अवस्थामा पनि कस्मेटिक उपचार गर्न सकिन्छ । उपचार गरेपछि यसको हेरचाह पनि उत्तिकै जरूरी छ । त्यसकै आधारमा यो कति समयसम्म टिक्छ भन्ने हुन्छ । यसको कुनै साइड इफेक्ट छैन । किनकि, यसले दाँतलाई राम्रो मात्रै देखाउने भन्ने होइन, दाँतको कामका लागिसमेत सहयोग गर्छ । प्राकृतिक दाँत जस्तै देखाउने यसको प्रयास हुन्छ । हरेक ६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ । सामान्य अवस्थामा समेत ६ महिनामा परीक्षण गरेको राम्रो हो । कस्मेटिक उपचार गरेकाले पनि नियमित परीक्षण गर्नुपर्छ । दाँतमा फोहोर जमेको हुन्छ । यदि त्यसलाई सफा गर्न सकिएन भने त्यो ढिक्का भएर जम्छ र गिजा सुनिन्छ । त्यसैले बेला बेलामा दाँत सफा गर्न जरूरी हुन्छ । दाँत र गिजा बीचको फोहोर झिक्दा केही समय दाँत हल्लिए जस्तो हुन्छ । त्यसकै आधारमा दाँत हल्लियो भन्नु गलत बुझाई हो । विस्तारै यो ठीक हुँदै जान्छ, आत्तिनु पर्दैन ।