काठमाडौं । सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज ६ खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहिबार महिलातर्फ दुई र पुरुषतर्फ चार खेलहरु हुनेछन् ।
सुरुआती दुई खेल महिलातर्फको हुनेछ । जसअन्तर्गत पहिलो खेलमा एपीएफ क्लब र कृष्ण एकेडेमीबीच खेल हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुनेछ।महिलातर्फको दोस्रो खेलमा न्यु डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लबबीचमा हुनेछ ।
खेल बिहान १० बजेबाट सुरु हुनेछ। पुरुषतर्फको पहिलो खेलमा बुढानिलकण्ढ भलिबल क्लब र केशवलाल भलिबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ। खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लब टिपटप हेल्प नेपाल र मधेश प्रदेशबीच खेल हुनेछ।
दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।पुरुषतर्फको तेस्रो खेलमा ढोरपाटन स्पोर्टस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा नेपाल एपीएफ क्लब र शैलुङ्ग भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ६ बजेबाट सुरु हुनेछ। च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ। च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन्।
त्यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन्। च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन्। विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।