प्रसान्त उप्रेती, (पेरिस) फ्रान्स
आफु जन्मेको देश जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । जन्मेको देश भन्दा प्यारो अरु के हुन् सक्छ र ? हिमाल पहाड राष्ट्रिय गौरवको पोशाक शिरमा ढाका टोपी अनि दौरा सुरुवाल यस्तै यस्तै राष्ट्रिय गौरव र मातृ भुमि प्रति अगाध प्रेम झल्केको म्युजिक भिडिओ बिष्णु छेत्रीको ‘जय नेपाल’ बोलको गित हालै सर्वाजनिक भएको छ ।
नेपाल चितवनमा जन्मनु भएका राष्ट्रिय चर्चित कलाकार बिष्णु क्षेत्री युरोप लाइ आफ्नो कर्म भुमि बनाउनु भएको छ । युरोपमा पोर्तुगल हुदै हाल नर्वेको राजधानी ओस्लो निवासी अत्यन्तै सरल स्वाभाव र नेपालि समाजमा चर्चित हुनुहुन्छ । नेपालि समाजले आयोजना गरेको कार्यक्रमममा सहभागी हुदा दर्शकहरुको मन जित्न सफल कलाकार बिष्णु क्षेत्री हाल मातृ भुमि प्रति अगाध प्रेमले भरिएको गित ‘जय नेपाल’ सार्वजनिक गर्नु भएको छ ।
धन कमाउने अभिलाषा पुरा गर्न आफ्नो जन्म भुमि र आमाको न्यानो काँख र भर्खर बैबाहिक सम्बन्धमा जोडिएका नव जोडी त्यागेर ठुलो संख्यामा बिदेशिएका नेपालीहरुको दुख र ब्यथाहरुको कथा हो गायक बिष्णु छेत्रीको ‘जय नेपाल’। बिदेशिनु बाध्यता नेपालीहरुको नियति नै जस्तो भएको दिनहुँ सयौंको संख्यामा नेपालीहरु बिदेशी रहेकै छन् । परिवारको जीवन यापन सहज बनाउने सपना बोकेर खाने, लाउने, रमाउने उमेरमा धन कमाउने र सुखी जीवन बिताउने सपना बोकेर बिदेशिदाको क्रममा बेहोर्नु परेको दुख र पीडाको चित्रण भिडियोमा पाउन सकिन्छ।
हरेक बिदेसिएका नेपाली हरुको व्यथा झल्केको देखिन्छ । पुरानो पुस्ताले परिवार अनि धन कमाउन गरेको समर्पण अनि नया पुस्तामा आएको परिबर्तित सोच अनि जागरण देखिन्छ। मातृभूमि प्रतिको अगाध प्रेम छल्केको छ मातृ भुमि प्रति अगाध प्रेम झल्केको कथा संगालिएको यस भिडेओ अकल्पनीय घटना घटेर आफ्नो परिवार गुमाउदा समेत फर्किन नसक्दाको पिडा समेत भिडियोमा उत्कृष्ट ढंगले उतारिएको छ। नयाँ पुस्ताले गरेको समर्पणको साथै परिवर्तित सोचको जागरण गर्न पनि भिडियो सफल रहेको छ।
निकै नै मार्मिक र उत्कृष्ट बनेको कुरा यु -टूबमा दर्शकहरुले दिएको प्रतिक्रियाबाट पनि सजिलै बुझ्न सकिन्छ। गायक बिष्णु छेत्रीको आवाज रहेको आफ्नो मिठो स्वरले सम्पूर्ण कला प्रेमीहरुको मन जित्न सफल रहने छ। गितको मातृ प्रेम भाव अनुसार आफुलाई दरो सँग प्रस्तुत गरेका छन्।
साथै गितका रचनाकार बिकाश सुवेदीले निकै नै सुन्दर तरिकाले मातृ भाव पोख्न सफल रहेका उनका हरेक शब्दहरुको छनौटले मातृ भुमि प्रति माया गर्ने हरुलाई भाबुक बनाएको छ। यस गितमा संगीतकार सुभाष भुषालको संगीत रहेको छ। भिडियो आभाष आचार्य प्रोडक्सनबाट निर्माण गरेको हो भने आभाष आचार्य प्रोडक्सन मार्फत नै यु -टूब मा सार्वजनिक गरिएको छ ।
आभाष आचार्यले गरेका भिडियोमा निर्देशक आचार्यको उत्कृष्ट निर्देशकीय क्षमता देख्न पाइन्छ भने कथा पनि निकै नै मार्मिक ढंगले बुन्न सफल भएका छन्। सात समुन्द्र टाढा रहेर पनि नेपाली संस्कृति ,संगीतमा उल्लेखनीय योगदान गर्दै आएका छन् फ्रान्स को राजधानी पेरिस मा रहेर आभाष आचार्यले। देश प्रेमको भावनालाइ समेट्दै हिमाल पहाड र हाम्रो गौरवको राष्ट्रिय पोशाक दौरा सुरुवाल ढाका टोपी अनि जय नेपाल गितको भाव सुन्दर रुपमा पस्किन सफल कथा पनि स्वयम् आचार्य कै रहेको छ ।
यस अघि पनि निर्देशक आचार्यले निर्माण गरेका उत्कृष्ट भिडियो हरु यु -टूबमा देख्न पाइन्छ। भिडियोमा मुख्य प्रस्तुति महेन्द्र अधिकारी, सोनिया सिंह ठकुरी र कर्मा वाङ्गेल लामाको रहेको छ। लामो समय देखि फ्रान्समा हुने साँस्कृतिक कार्यक्रम हरुमा प्रस्तुति दिदै आउनु भएका अधिकारी बिभिन्न संघ संस्थामा समेत सक्रिय रुपमा लाग्नू भएको छ। यस अघि पनि केहि संख्यामा म्युजिक भिडियोहरुमा कलाकार महेन्द्र अधिकारीलाइ देख्न सकिन्छ।
लामो समयको अन्तराल अर्थात् १२ वर्ष पछि भिडियोमा काम गर्ने अवसर पाउदा खुशी लागेको कुरा कलाकार महेन्द्र अधिकारीले बताएका छन्। युरोप बसाइको क्रममा नेपालि समाजमा सधै देखिने कलाकार बिष्णु क्षेत्री यस पटक यो भिडिओ मार्फत थप चर्चा र बधाईका पात्र बन्न सफल भएका छन् ।