काठमाडौं । चीनीयाँ लगानीकर्ताहरुले नेपालमा लगानी मैत्री बातावरण निर्माण भएको भन्दै लगानी बढाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
युनान प्रोभिन्सीएल एनर्जी इन्भेष्टमेन्ट ग्रुप (ओआरओ)ले बुधबार काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले नेपालमा लगानीको बातावरण बनेको भन्दै अब लगानी वढाउने बताएका हन् ।
युनान प्रान्तबाट नेपालमा आएर व्यापार गर्ने व्यापारीहरुबीच भएको अन्र्तक्रियामा ग्रुपका प्रतिनीधि वु लिङचेङले नेपालमा व्यापार गरीरहँदाको अनुभूति साटासाट गर्न पाएको खुसी ब्यक्त गर्नुभयो । ओआरओ कम्पनी चीन सरकारको प्रतिनीधि कम्पनी हो ।, उहाँले भन्नुभयो, हामी करिब ३ बर्ष यता नेपालमा जलविद्युत उत्पादनको क्षेत्रमा काम गरिहेका छौं ।,”ओआरओले सन् २०१५ देखि नेपालमा उर्जाको क्षेत्रमा काम गर्दै आएको छ ।
त्यसैगरी कुनमिङ इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका उप–निर्देशक न्यू सुङ थाऔंले नेपाल विकासको बाटोमा अघि बढीरहेकोले आफ्नो कम्पनीले राम्रा अवसर प्राप्त गर्ने सम्भावना रहेको बताउनुभयो ।
उहाँले यूनान प्रान्तमा पनि नेपालमा जस्तै पानीका स्रोतहरु प्रशस्त भएकोले नेपाल र यूनानबीच करिब उस्तै (समानान्तर) पाएको बताउनुभयो । उहाँका अनुसार कम्पनीले मुख्यत कुनै पनि संरचना बनाउनको लागि नक्सा डिजाइन गर्ने काम गर्दछ । संसारभरि ६ सय जलविद्युत प्रोजेक्ट बनाइसकेको कुनमिङले म्यानमार, लाओस् र दक्षिण अफ्रिका जस्ता देशमा काम गरिरहेको छ ।
नेपालमा बबई प्रोजेक्ट, रसुवास्थित सेन्जीङ खोलाको प्रोजेक्टको डिजाइन गरिसकेको छ भने हाल रसुवा भोटेकोशीको लागि ११० मेगावाटको प्रोजेक्टमा पनि काम गरिरहेको छ ।
कार्यक्रममा चाइना इस्टर्न एयरलाइन्सका वित्त व्यवस्थापक याङ छेन यूले चाइना इस्टर्न एयरलाइन्स विश्वको ७ ठूला कम्पनीहरु मध्येको एक रहेको जानकारी दिनुभयो । सन् २०१४ मा प्रति दिन २ वटा उडान काठमाडौंदेखि कुनमिङसम्म मात्रै भर्दै आएको कम्पनीले हाल काठमाडौंदेखि कुनमिङसम्म हप्ताको ११ उडान भर्ने गरेको छ । पोखरामा विमानस्थल बनेपछि त्यहाँबाट पनि थप उडान भर्ने योजना समेत सुनाउनुभयो । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटक बढेको उहाँको दाबी छ ।
कार्यक्रममा ६ वटा ठूला सरकारी तथा निजी कम्पनीका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।