काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज दुई खेलको आयोजना हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा लिगको पहिलो संस्करण जारी रहेको हो ।
आजको पहिलो तथा प्रतियोगिताको सातौं खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारको बीचमा खेल हँदैछ। खेल बिहान ९ बजे बाट सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा जित निकालेको लुम्बिनी आजको खेलमा जित निकादै लगातार तेस्रो जित निकाल्न चाहान्छ ।
लुम्बिनी २ खेलमा ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दुई खेल खेलेर अंक बिहिन पोखरा पहिलो जितको खोजीमा रहेको छ। पोखरा २ खेलमा अंक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ।
आज नै हुने दोस्रो खेलमा काठमाडौं नाईट्स र जनकपुर रोयल्स बीच खेल हुँदैछ। खेल दिउसो १ बजेबाट सुरु हुनेछ। दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजीमा रहेको छ। जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
दुई खेल खेलेर जित बिहिन विराटनगर पहिलो जितको खोजीमा रहेको छ। विराटनगर २ खेलमा अंक बिहिन रहेर अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ। यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ। यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ। यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।