काठमाडौं । कर्णाली प्रदेश सभाको लागि गरिएको प्रदेश सभा निर्वाचन (०७९) को परिणाम प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरिएको छ । प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान बमोजिम आयोगबाट परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरिएको हो ।
निर्वाचित प्रदेशसभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार कर्णाली प्रदेश सभातर्फ ४० जना निर्वाचित भएका छन् । जसमा पुरुष २५ जना ९६२ दशमलव ५ प्रतिशत० र महिला १५ जना ९३७ दशमलव ५ प्रतिशत० निर्वाचित भएका हुन् ।
कर्णाली प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।
प्रतिवेदन अनुसार प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ११३ र महिला ३ गरी कूल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल २०० जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।
प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि महिला ४ लाख ९७ हजार २८०, पुरुष ५ लाख १० हजार ४२० र अन्य ३ गरी कूल १० लाख ८ हजार ४०३ मतदाता कायम रहेको आयोगले जनाएको छ । कर्णालीमा १० लाखभन्दा बढी मतदाता संख्या थियो ।
तर निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६ लाख १४ हजार ७१७ ९६० दशमलव ९६ प्रतिशत० मत खसेको थियो । जसमध्ये ५ लाख ८९ हजार ४८४ ९९५ दशमलव ९ प्रतिशत० मत सदर भएको थियो भने २५ हजार २३३ ९४ दशमलव १०० प्रतिशत मत बदर भएको थियो ।
यस्तै प्रदेश सभाका लागि गरिएको समानुपातिक निर्वाचनमा ६ लाख १३ हजार ५०९ ९६० दशमलव ८४ प्रतिशत० मतदान भएको थियो, जसमध्ये ५ लाख ७७ हजार ८२९ ९९४ दशमलव १८ प्रतिशत० मत सदर भएको थियो भने ३५ हजार ६८० ९५ दशमलव ८२ प्रतिशत० मत बदर भएका आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।