काठमाडौं । नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुह्नी अर्थात् ज्यापु दिवस मनाइँदैछ । ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन् ।
आजको दिन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् । काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायले आज ९बुधवार० धुमधामका साथ यःमरी पुह्नी पर्व मनाउने परम्परा छ ।
चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भन्ने गरिन्छ । यःमरी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुह्नीको रूपमा मनाउने गर्दछन् ।
ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमासमेत मनाउने गर्दछन् । ज्यापु दिवसको अवसरमा वसन्तपुरमा निकालिएको र्यालीमा सहभागी हुँदै काठमाण्डौ महानगरपाकिलाका पूर्व मेयर विद्यासुन्दर शाक्यले १९औं राष्ट्रिय ज्यापु दिवसमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेको बताए ।
उनले नेपालका किसानहरुले अन्न भित्र्याइसकेपछि मौसम अनुसारको योमरी बनाएर खाने चलनअनुसार सरकारले आजको दिनलाई राष्ट्रिय ज्यापु दिवसका रुपमा मनाउने गरेको समेत बताए ।
उहाँले आफ्नो कार्यकालमा महानगरपालिकाले काठमाण्डौ भित्र रहेका मूर्त, अमूर्त, सम्पदालाई संरक्षण गर्ने, त्यसलाई प्रवर्द्धन गरी पर्यटनसँग जोड्ने अभियान सुरु गरेको र अहिले पनि सांस्कृतिक महत्त्वका कार्यक्रमहरुले ठाउँ बढि पाइरहेको बताए ।
उनले भने, ‘योमरी पुह्नी, धान्य पूर्णिमा पनि भन्छौँ । १९ औं राष्ट्रिय ज्यापु दिवस पनि मनाउँदै छौँ । नेपालका सम्पूर्ण किसानहरुले अन्न भित्र्याइसकेपछि मौसम अनुसारको योमरी बनाएर खाने चलन थियो ।
पछि आएर सरकार योमरी पुह्नीलाई राष्ट्रिय ज्यापु दिवसको रुपमा सरकारले घोषणा गरिसकेपछि राष्ट्रिय ज्यापु दिवसको रुपमा मनाइन्छ । मेरो कार्यकालमा काठमाडौं भित्र रहेका सम्पूर्ण, मूर्त, अमूर्त, सम्पदालाई संरक्षण गर्ने, त्यसलाई प्रवर्द्धन गरी पर्यटनसँग जोड्ने अभियान सुरु गरेका थियौँ । त्यसले व्यापकता पाएको थियो । अहिले काठमाण्डौ वरपर जहाँतहीँ बनिरहेको देख्नुहुन्छ ।’
आज राष्ट्रिय ज्यापु दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।