कैलाली । निशुल्क माटो परिक्षण घुम्ती शिविर कार्यक्रम कैलारी गाउँपालिका वडा न . १ हसुलिया,कैलालीमा सम्पन्न भएको छ । आज नवौं विश्व माटो दिवस-२०२२ को अवसरमा माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुर,कञ्चनपुरको आयोजनामा वनदेवी कृषि सहकारी संस्थाको प्राङ्गणमा माटो परिक्षण गरिएको हो ।
माटो परिक्षण कार्यक्रमको बोल्दै कैलारी गाउँपालिका अध्यक्ष रामसमज चौधरीले गाउँपालिका भित्र रहेका सबै वडाहरूको माटो परिक्षण गरि कृषि विशेषज्ञहरूले सिफारिस गरे बमोजिमको खेतीपाती गरि आत्मनिर्भर गाउँवासी बनाउने उद्बेश्य राखेको धारण राखेका थिए ।
गाउँपालिका क्षेत्रमा माटोको प्रकृतिका आधारमा फलफुल ,तरकारी तथा खाद्यवाली निर्वाह मुखी मात्र नगरी व्यवसायीक रूपमा कृषि पेशा अगाल्न किसानलाई आग्रह गरे। गाउँपालिका क्षेत्रमा माटो परिक्षणको घुम्ती शिविर सञ्चालन गरेकोमा क्षेत्रिय माटो परिक्षण सुन्दरपुर,कञ्चनपुर धन्यवाद दिए।
वडा नम्बर १,२,३,५,६ का १ सय ५ जना किसानले माटो परिक्षण गराउन लिनु भएको थियो । माटो परिक्षण गर्न १ किसानको माटोलाई २ देखि ४ घण्टा समय लाग्ने जानकारी दिए । माटो परिक्षण गराउँदा अधिकांश किसानको माटोमा अम्लीय पन देखिने र केही किसानको जमिनमा रहेको माटो राम्रो रहेको जानकारी गराउनुभयो । माटोको प्रकृतिका आधारमा किसानलाई खेती गर्न सल्लाह दिएको र सोहि बमोजिम काम गर्दा मनग्गे आम्दानी गर्न सकिने माटो विज्ञ खड्काले जानकारी गराउनुभयो ।
माटो आधुनिक सुबिधा सम्पन्न प्रयोशालाबाट माटो परिक्षण गरीएको थियो । भूमि कृषि तथा सहकारी मन्त्रालयका सचिव डा।मदनसिंह धामी,कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रराज शर्मा, कृषि विज्ञहरूको उपस्थिति रहेको थियो ।