काठमाडौं । उत्तर कोरियाले एक संदिग्ध अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार (आज) ५ देशका नेताहरूसँग आकस्मिक वार्ता गर्ने भएकी छन् ।
ह्यारिसले जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरूसँग आकस्मिक वार्ता गर्ने एक अमेरिकी अधिकारीले जानकारी दिए ।
बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।
ह्वाइट हाउसका अधिकारीले उत्तरको आधिकारिक नाम, डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ प्रयोग गर्दै, ह्वाइट हाउसका अधिकारीले बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै, ह्यारिसले पाँच नेताहरूलाई सम्मेलन भेटवार्ता गर्ने बताइएको छ ।
बैठकमा जापानका फुमियो किशिदा, दक्षिण कोरियाका हान डक–सू, अष्ट्रेलियाका एन्थोनी अल्बानीज, न्युजिल्याण्डका जसिन्डा आर्डर्न र क्यानडाका जस्टिन ट्रुडो सहभागी हुने जनाइएको छ ।
जापानले उक्त क्षेप्यास्त्र आफ्नो पानीमा खसेको र अमेरिकाको मुख्य भूमिमा मार हान्न सक्ने क्षमता रहेको बताएको छ । उत्तर कोरियासँगको हप्तौंको बढ्दो तनावपछि पुनः सातौं आणविक परीक्षणको तयारी गरिरहेको अमेरिकी गुप्तचरहरूले विश्वास गरेका छन् ।