काठमाडौं । मंगलबार ६ अंकले घटेको नेप्से परिसूचक आज १३ अंकले बढेको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा दोहोरो अंकले बढेर बन्द भएको हो ।
१३ अंकले बढेर परिसूचक १९ सय ११ अंकमा पुगेको दिन आज नेप्सेमा ८५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार परिसूचक ६ अंकले घट्दा १ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य बढेर ३५३ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्यमा आजै ३२ रुपैयाँ प्रतिकित्ताको वृद्धि देखिएको छ ।
यसपछि गनपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँले बढेर ८०७ रुपैयाँ पुगेको छ ।
यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यस कम्पनीको सेयर मूल्य ४।१३ प्रतिशतले घटेर १६ सय रुपैयाँमा आइपुगेको छ ।
यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत ३।६८ प्रतिशतले घटेको छ । नेप्से १३ अंकले बढेको दिन रिधि पावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
आज यस कम्पनीको ६० करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस्तै, नाग्दी ग्रुप पावरको सेयर सबैभन्दा धेरै पटक कारोबार भएको छ ।
यस कम्पनीको १ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको हो ।