काठमाडौ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी संघसंस्था सञ्चालनमा नयाँ मापदण्ड लागु गर्ने तयारी थालिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र सञ्चालित कार्यालय, उद्योग, कलकारखाना, होटल, रेस्टुराँ र दैनिक उपभोग्य वस्तु बिक्री स्थल, सपिङ सेन्टर लगायत क्षेत्र संचालनका लागी नयाँ मापदण्ड तयार गर्न आज तिनै जिल्लाका कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठक बस्दै छ ।
यि तिन जिल्ला एकअर्कासंग सहजै जोडिएकाले जोखिम रहेको भन्दै सुरक्षा सावधानी अपनाउन र थप रणनिति तय गर्न तिनै जिल्लाको क्रइसिस म्यानेजमेन्ट सेनटरकोे बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । नागरिकता, राहदानी, पञ्जीकरण, संस्था दर्ता, स्थानीय तहका सिफारिस, भेटघाट, समूहगत हिँडडुल, छलफल लगायतलाई परिस्थिति सहज नभएसम्म स्थगन गर्नेबारे पनि छलफल जारी छ ।
‘सर्वसाधारणको भीडभाड हुने सरकारी कार्यालय, बैंक तथा दैनिक उपभोग्य वस्तु बिक्री स्थलमा सेवा लिने व्यक्तिका लागि अस्थायी मापदण्ड बनाउन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालको भनाई छ । सरकारी तथा सार्वजनिक निकायबाट हुने निश्चित सेवालाई स्थगन गर्नेबारे पनि छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार लकडाउनकै ढाँचामा नगए पनि सुरक्षा र स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेमाथि अब दण्ड र जरिवानाको नीति लिइने छ ।
यसैविच जबरजस्ती सवारी साधन चलाउने र माक्स नलगाइृ हिँड्नेक्रम बढेपछि राजधानीमा सडकमा नेपाली सेनाले समेत सुरक्षा जाँचमा प्रहरीलाई सघाउन थालेको छ ।