काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा आज एक खेल मात्र हुनेछ । पर्थमा हुने महत्वपुर्ण खेलमा आयोजक अष्ट्रेलया तथा श्रीलंका खेल्दैछन् ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ । दुई टिमबीचको पछिल्ला पाँच टी ट्वान्टी खेलमा अष्ट्रेलिया तीन खेलमा विजयी बनेको छ भने दुई खेलमा श्रीलंकाले जित निकालेको छ ।
समूह दुईका दुई टोलीबीचको खेललाई महत्वपुर्ण रुपमा हेरिएको छ । साविकको बिजेता अष्ट्रेलियालाई सेमिफाईनल सम्भावना जिवित राख्नका लागि आजको खेल जित्नै पर्ने छ । श्रीलंका पनि उच्च लयमा रहेको छ । श्रीलंका पनि आजको खेल जितेर सेमिपलाईनल सम्भावना मजबुत बनाउन चाहान्छ ।
यस विश्वकपमा १६ राष्ट्रबीच खेल भईरहेकोमा ४ राष्ट्र पहिलो चरणबाट बाहिरिएका छन् । दोस्रो चरण सुपर १२ को समूह एकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानस्तान, इंग्ल्याण्ड, पहिलो राउण्ड समूह ए बिजेताको रुपमा श्रीलंका र पहिलो राउण्ड समूह बीको उपबिजेताको रुपमा आयरल्याण्ड रहेका छन् ।
समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह बीको बिजेताका रुपमा जिम्बाबे र पहिलो राउण्ड समूह एको उपबिजेताको रुपमा नेदरल्याण्ड्स रहेका छन् । विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।