काठमाडौं । विराट कोहलीको सानदार ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि चार विकेटको रोमान्चक जित हात पारेको छ ।
जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि विराट कोहलीले ५४ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहँदै अविश्वसनयि जित दिलाए ।
त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।
पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक ५२ रनमा अविजित रहे । इफ्तिखार अहमद ३४ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए ।
पाकिस्तानले अव बिहीबार जिम्बावेसँग खेल्नेछ । भारतले विहीबार नै नेदरल्यान्ड्सँग खेल्नेछ । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
यस्तै आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ । यो जितसँगै श्रीलंका समूहको दोश्रो स्थानमा उक्लिएको छ ।