काठमाडौं । वर्षा पछिको भिषण पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ । करिब एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए।
उनका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्म खण्ड भने खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको हो । गएको असोज २२ गते देखि नाग्म खण्डको सडकमा दुई जना इन्जिनियर, तीन जना सव इन्जिनियर, सात जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएको सव इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिए ।
उनका अनुसार जुम्ला बजारदेखि नाग्म खण्ड भने खुलेको हो । जुम्लादेखि नाग्म खुलेपछि आन्तरिक आवागमनमा केही सजिलो भएको छ । तर, राजमार्ग खुलेपनि धेरै ठाउँमा पहिरो फेरि आउन सक्ने डर भने छ । जुम्लादेखि नाग्मसम्म ३२ किलोमिटर मध्ये करिब ५ किलोमिटर क्षेत्रमा पहिरो गएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डिभिजन सडक कार्यालयका प्रमुख राजिव श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाही सहित सुरक्षा निकायका प्रमुख तथा पत्रकार महासंघले जुम्लादेखि कालिकोटको भिग्मसम्म सर्वपक्षीय अनुगमन पनि गरेको छ ।
राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थलगत अनुगमनमा राजमार्ग खुलाउने काम सुचारु भएपनि दीर्घकालीन पहिरो व्यवस्थापनका आवश्यक रहेको बताए।
प्रमुख जिल्ला अधिकारी केशरीले सडकखुलाउने र दीर्घकालीन रुपमा राजमार्ग बनाउन सबैको सहयोग आवश्यक भएकोमा जोड दिए । उनले तेल अभाव भएकाले खोजी भइरहेको पनि बताए ।