काठमाडौं । नेपालको प्राकृतिक जडिबुटी तथा बनस्पतिबाट उत्पादन गरेको, बिश्वको पहिलो प्राकृतिक र सबै भन्दा किफायती All in One Cleansing Bar अन्य उत्पादन भन्दा निकै उत्कृष्ट उत्पादनका रुपमा पहिचान बनाउन सफल भएको देखिन्छ । यस उत्पादन जिउ नुहाउने साबुन, सैम्पू, कण्डिसनर, सेभिङ गर्न र फेसवास – सबैको लागि प्रयोग गर्न सकिन्छ।
रसायन तथा कुनै पनि हानिकारक तत्व नमिसाईकन उत्पादन गरिएको शरिरमा प्रयोग गर्ने उत्पादन : साबुन सैम्पू, कण्डिसनर, जिउ र कपालमा लगाउने तेल, मुखमा लगाउने स्क्रब, सेभिङ बार र फेसवास असली हिमालीले आम उपभोक्ताको लागि ल्याएको छ ।
कपाल झर्ने, लट्टा पर्ने, कपालको रङ्ग खुइलेको महसुस हुने र अन्य समस्याबाट मुक्त गर्नकालागि प्राकृतिक कण मिसिएको असली हिमालीका सैम्पू – कण्डिसनर सँगै र बेग्लै बेग्लै प्याकेटमा पनि बजारमा उपलब्ध भएकालेे प्रयोग गर्न सकिनेछ ।
प्रकृतिक जडिबुटी तथा बनस्पतिको मिश्रणबाट मात्रै उत्पादन गरिएको असली हिमालीको बडि केयर र खाद्य उत्पादन साकाहारी र जनावरमा परिक्षण नगरीएको उत्पादन हो। निकै सस्तो र शारिरीक रूपमा कुनै पनि असर नपर्ने, नेपाली उत्पादन असली हिमाली उपभोक्ता माझ लोकप्रिय बन्दै गईरहेको छ।