काठमाडौं । मोरङको निर्वाचन क्षेत्र ५ मा पनि ८ जना स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता शिवकुमार मण्डल उम्मेदवार बन्दा एमाले र जसपाका संयुक्त उम्मेदवार राजकुमार यादव प्रतिस्पर्धामा छन् ।
अघिल्लो पटक काँग्रेसका अमृत अर्याललाई पराजित गर्दै मण्डल विजयी भएका थिए । सो क्षेत्रमा राप्रपाबाट रेवतबहादुर थापा, जनमत पार्टीबाट परमेश्वर मुर्मु, हाम्रो नेपाली पार्टीबाट फिरोजकुमार साह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल लोकतान्त्रिक पार्टीबाट मजबुल रहमान मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार मण्डल दलीय उम्मेदवार हुन् ।
यसबाहेक रमेशकुमार यादव, विद्याभूषण प्रसाद, मोहमद रेजा हुसैन, सन्जु शर्मा वडइ, गयानन्द मण्डल केवरत, रामप्रसाद मुखिया, योगेन्द्र मण्डल र मनोजकुमार मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिने योगेन्द्र मण्डल नेकपा एमालेका नेता हुन् ।
जसपासँगको सहमतिमा एमालेले सो क्षेत्र छोडेपछि उनले असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले कांग्रेसको १९४९८,एमालेको १५६८०, जसपा १३२४९, माओवादी ११६२८, राप्रपा १८८७,लोसपा ७५२ र एसले ६०८ पाएको मत पाएका थिए ।