काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै पानी परिरहेको छ । देशको पश्चिमी भागमा ठूलो मात्रामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण आज बुधवार विजया दशमीका दिन मानिसहरूलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ ।
आज प्रदेश नं १, मधेस प्रदेश तथा बाग्मती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्नेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।
वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ । विगत १२ घण्टामा काठमाण्डौमा ३० एमएमको हाराहारीमा पानी परेको छ ।
‘उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३र४ बजेतिर पानी रोकिन्छ’, उनले भने, ‘सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुँदैन । मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ ।’
उनले यो प्रक्रिया अझै दुईरतीन दिन रहने जानकारी दिँदै भने, ‘पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ । यो प्रक्रिया अझै दुईरतीन दिनसम्म रहन्छ ।
यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुनेसमेत सम्भावना छ ।’ उनका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा ठूलो वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ ।