काठमाडौं
मानिसहरुविच एकअर्कामा सजिलै सर्ने कोरोना भाइरस महामारीका कारण थलिएको चलचित्र क्षेत्र नेपालमा संक्रमण दर केही घटेर सरकारले लकडाउन खुलाउँदा हौसिएका थिए । आंिसक रुपमा भएपनि भदौदेखी चलचित्र क्षेत्रलाई चलायमान बनाउन सकिन्छ भन्नेमा उनिहरु आसावादी थिए ।
त्यही अनुसार उनिहरुले फिल्म हल सञ्चालनको लागी स्वास्थ्य सुरक्षाका मापदण्ड बनाई चलचित्र विकास बोर्डमा बुझाएका थिए भने । हल सञ्चालनका लागी मापदण्ड अनुसारको तयारी सकिएपनि स्वास्थ्य सबैभन्दा महत्वपुर्ण रहेकोले सरकारको निर्णय पर्खेर बसेको चालचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताउनुभयो ।
नेपालमा लकडाउन खुकुलो पारिएपछि ह्वात्तै समुदायमा लक्षण सहित बढेको संक्रमणले चलचित्र क्षेत्र चलायमान बनाउने सपना फेरी अनिश्चित बनेको छ । देशभरमै समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि सरकार नँया रणनिति तय गर्न लागीपरेको जनाएको छ । लकडाउन खुलेपनि सामुहिक भेला, सभा सम्मेलन, धार्मिक, सांस्कृतिक काम र मनोरन्जन क्षेत्रमा लगाएको प्रतिबन्ध कायमै रहेको छ ।
सरकारको अनुमति कुरेर बसेका उनिहरु फिल्म हल अब छिट्टै सञ्चालन नहुनेमा आफै निश्चित भैसकेका छन् ।
नेपालमा करिब २ सय हाराहारीमा फिल्महलहरु रहेका छन् । कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण यो व्यवसाय पनि मारमा परेको हो । तर मानिसबाट मानिसमा सजिलै सर्ने कोरोना भाइरस यस व्यवसायको लागी निकै हानिकारक मानिएको छ ।
कोरोना भाइरस संक्रमणबाट जोगिन मानिसहरुविचको भौतिक दुरी कायम गर्नु सबैभन्दा राम्रो उपाय मानिएको छ । तर फिल्महलमा एकै पटक धेरै मानिसहरु बसेर हेरिने हुँदा पनि यो क्षेत्रको लागी महामारी ठुलो बाधक बनेको छ ।
त्यति मात्रै हैन फिल्म निर्माणमा पनि एकै पटक धेरै जनसक्तिको प्रयोग हुने हुँदा फिल्म निर्माण नहुँदा हल सञ्चालन गर्न सकिएपनि प्रदर्शनका लागी फिल्म नरहेको कारण फिल्म सञ्चालनमा आएपनि नँया फिल्म नहुँदा पुराना फिल्म लगाँउदा दर्शक हलसम्म नआउने अष्टनारायणहल काठमाडौंका सञ्चालक सोहित मानन्धरको भनाई छ ।