काठमाडौं । कपालले मानिसको सौन्र्दयतामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्वस्थ र सुन्दर कपालले मानिसको सौन्र्दयतालाई समेत झल्काउछ । तर दुर्भाग्यवस कपाल झरेर कतिपय मानिसको रुप नै परिवर्तन भएको हामीले देखेका छौ ।
विशेष गरेर यो समस्याबाट पुरुषहरु वढी हैरान हुने गरेका छन् । कतिपयले कपाल उमार्नको लागि विभिन्न औषधीको प्रयोग गरेका छन् । तर नतिजा भने शुन्य प्रायः छ । तर पनि पैसा भने खर्च गरिरहेका छन् ।
कपाल पुरै झरेका व्यक्तिहरु अस्थाई र झन्झटिलो नक्कली कपाल (विग) लगाएर हिडिरहेको पनि हामीले देखेका छौ । चिकित्सा विज्ञानले अब यस्ता समस्याबाट छुटकारा दिलाएको छ । झरेको कपाल उमार्न प्रबिधिको विकास समेत भैसकेको छ । यो प्रविधि नेपालमा भित्रिए पनि केहि व्यक्तिलाई मात्र थाहा छ । कतिपयले कपाल प्रत्यारोपण गरेर नतिजा समेत पाएका छन् ।
कपाल किन झर्छ ?
एउटा समान्य स्वस्थ टाउकोमा लगभग एक लाख वटा कपाल हुन्छन् ।
प्रति १ सेमिको दुरिमा करिब २ सय वटा कपाल रहेका हुन्छन् ।
पुरुषको कपाल समान्यतया २० बर्ष पछि झर्न सुरु हुन्छ ।
एन्ड्रोजेनेटिक एलोपेसिया जुन अभिभावकको जिन एड्रोन ( मेल सेक्स हर्मोन ) बच्चामा बंशाणुगत हुने असर हो ।
एन्ड्रोजेनेटिक एलोपेसिया जिनको असर बढि आमा पक्षबाट हुने पाईएको छ ।
कतिपयको कपाल वंशाणुगत गुणका कारणले झर्छ । अधिकांश मानिसको कपाल भने तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ ।
भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमा असर पुग्छ ।
कतिपयले अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन । यसो गर्दा पनि कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ ।
सुक्खा बनाउन प्रयोग गरिने हेयरड्रायर र अन्य उपकरणको प्रयोगले पनि कपाललाई कमजोर बनाउँछ । फंगल इन्फेक्सनका कारण पनि कपाल झर्न थाल्छ । जाडो या गर्मी दुवै मौसममा फंगल इन्फेक्सन हुन सक्छ ।
गर्भावस्था, प्रसव, युवा अवस्थामा मानिसको हर्मोनमा परिवर्तन आउन सक्छ । हर्मोन परिवर्तनका कारण पनि कपाल झर्ने गर्दछ ।
कपाल झर्नबाट रोक्ने उपाय
अनुहारलाई सजाउन जति मेहनत गरिन्छ, त्यति नै कपालको पनि हेरचाह गर्नुपर्छ । तर जति अनुहारलाई ध्यान दिइन्छ त्यति नै कपाललाई भने ध्यान दिएको पाइँदैन । कपाल झर्नबाट रोक्न निम्न उपाय अपनाउन सकिन्छ ।
मेथी र दही
कपाल झर्ने समस्याबाट छुटाकार पाउन मेथी गुणकारी हुन्छ । मेथीलाई एकरातभरि पानीमा भिजाउने ।
त्यसपछि दहीमा मिलाएर पेष्ट तयार पार्ने अनि मेथी र दहीको पेष्ट कलापको जरासम्म लगाउने । यसलाई एक घन्टासम्म रहन दिने । यस्तो गर्नाले कलापको जरामा फाइदा पुग्ने र त्यसले कपालमा हुने चायालाई हटाउने गर्दछ । मेथीमा निकोटिनिक एसिड र प्रोटीन पाइन्छ । जसले कपालको जरासम्म पोषण पुगाइ कपाल उर्मान मद्दत गर्छ ।
उर्द (कालो) दालको पेष्ट
कलो दाल अर्थात उर्दको दालको बाहिरी बोक्रालाई उमालेर पिस्ने र त्यसबाट बनेको लेपलाई कलापमा राति सुत्नुभन्दा अगाडि कपालको जरासम्म पुग्ने गरी लगाउने । लेप लगाइ सकेपछि सुत्ने बेला कपडा फोहोर नहोस् भनेर तौलियाले बाँधेर सुत्नुहोस् । यो प्रक्रिया तपाईले लगातार केही दिनसम्म गर्नुपछ । त्यसपछि कलाल आफै उमर्न थाल्छ ।
हरियो धनियाको पेस्ट
हरियो धनियाको पेस्ट बनाएर टाउकोमा लगाउँदा कपाल झर्ने समस्या हट्न सक्छ । हरियो धनियाको पेष्ट कपाल झरेको स्थानहरूमा लगाउनु पर्छ । यो कार्य एक महिनासम्म गर्नुपर्छ । त्यसपछि यसले आफ्नो काम गर्न सुरू गर्छ ।
केरा र कागती
एक कोशा केरामा कागतीको रस मिसाएर पेष्ट बनाउने । त्यसलाई कपालमा लगाउने । यसले पनि कलाप उमार्न मद्दत गर्छ । यसले कलाप झर्ने समस्यालाई पनि कम गराउँछ ।
प्याज
ठूलो प्याजलाई बीचबाट काटेर कपाल झरेको स्थानमा राखेर हल्कासँग चलाउने । यो कार्य प्रत्येक दिन छ मिनट गर्नुपर्छ । यसले कलाप झर्ने समस्या अन्त हुनुका साथै नयाँ कपाल उमर्न थाल्छ ।