भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित त्रिवेणेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि दिनेश न्यौपानेको अध्यक्षमा सञ्चालक समिति चयन गरेको छ ।
सोमबार सम्पन्न संस्थाको साधारण सभाबाट उपाध्यक्ष सुकदेव न्यौपाने, सचिव श्यामकुमार न्यौपाने तथा कोषाध्यक्ष सुदर्शन न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शिवप्रसाद न्यौपाने, दिलिप न्यौपाने, दयाराम न्यौपाने, राजन न्यौपाने, अनिता भट्टराई, सरोजा सिग्देल र शेषमणि न्यौपाने चयन भएका छन् । यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक कञ्चनकृष्ण न्यौपाने तथा सदस्यहरु राजकुमार न्यौपाने र जया घिमिरे न्यौपानेलाई चयन गरिएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष हरिबोल न्यौपानेले त्रिवेणेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक विकासका लागि स्थानीय श्रोत र साधनको प्रयोग गरी शेयर सदस्यहरुको आर्थक तथा समाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘सहकारी संस्थालाई ऋण लिने थलोका रुपमा मात्र हेर्ने सदस्यहरु र ऋण लगानी गरी ब्याज आर्जनलाई मात्र प्रमुखता दिने संस्थाहरु सहकारी अभियानका बाधक हन् ।
यसैगरी सचिव कृष्णप्रसाद न्यौपानेले संस्था सदस्यहरुको वित्तिय आवश्यकता पूर्ति गर्ने केन्द्रका रुपमा अगाडि बढिरहेको बताए । उनले अस्वस्थ प्रतिस्पर्धाको बाबजूद छरिएर रहेका पूँजीलाई एकिकृत गरी सहकारीको सिद्धान्तअनुरुप आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन संस्था सक्षम भएको बताए ।
संस्थाकी कोषाध्यक्ष सरोजा सिग्देलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष ०७८/०७९ मा संस्थाको बित्तिय कारोबार (रु. ५,७५,६७,८१९/४५) पाँच करोड पचहत्तर लाख सतसठ्ठी हजार आठ सय उन्नाइस रुपैयाँ पैतालिस पैसा पुगेको बताइन् । संस्थाले निकट भविष्यमा नै आफ्नै भवन निर्माण गर्न ०–४–२–० क्षेत्रफलको जग्गा रु. ७८ लाख ११ हजार ४ सय ५० मा खरिद गरेको सिग्देलले जानकारी गराइन् ।
संस्थामा हाल ६ सय ३१ जना शेयर सदस्यहरु रहेका छन् ।